चुनाबले राष्ट्रबादि हरुलाई एकिकृत गरायो

450

भक्तपुर । भक्तपुरमा राष्ट्रवादी शक्तिहरु एकतृत भएका छन् ।  भक्तपुर जिल्लाको अगुवा कार्यकर्ता तथा राष्ट्रवादी शक्तिहरु आज भक्तपुरको सल्लाघारीमा एकतृत भएका हुन् ।स्थानिय निर्वाचनमा भक्तपुरका स्थानिय निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार , राप्रपा जिल्ला सदस्यहरु , पदाधिकारीहरु , अगुवा कार्यकर्ता क्षेत्र र नगरका विभिन्न तह र तप्कामा रहेका तथा हिन्दु धर्मको रक्षाका लागी योगदान दिदै आएकाहरुले सल्लाघारीमा भेला भएका हुन् ।

आगामी निर्वाचनमा राष्ट्रवादी शक्तिहरुको भुमिका के रहने भन्ने विषयमा नै अन्तरक्रिया गर्न आफुहरु जम्मा भएको भेलाकी अगुवा एवं संयोजक योवती कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार हाल भक्तपुरमा राप्रपा तथा राष्ट्रवादी शक्तिहरुलाई विभिन्न समुह र राजनैतिक दलहरुले नै अपहेलनाको दृष्टीकोणले हेर्ने गरेको प्रति आपत्ती जनाउँदै अव पनि आफुहरु एक हुन नसके कहिले पनि एक हुन नसक्ने बताउनुभयो ।

अगुवा कार्यकर्ता एवं राष्ट्रवादीहरुको भेलाले आगामी निर्वाचनलाई लक्षित गर्दै निम्न निर्णयहरु गरेका छन् ।
१.प्रबिण ढुङ्गेलको संयोजकत्वमा २५५सदसिय जिल्ला निर्बाचन परिचनलन कमिटि निर्माण
२.माधब खत्रीको संयोजकत्वमा चुनाब प्रचारप्रसार समिति गठन
३.भुबन ढुङ्गेल संयोजक,माधब खत्री सदस्य सचिब,प्रबिन ढुङ्गेल र हरिशरण अधिकारि सहित चार सदसिय अन्तर पार्टि बार्ता कमिटि गठन
४.बाबु थापा संयोजक र हरित न्यौपाने सदस्य सचिब सहितको युवा परिचालन कमिटि गठन
५.सुजाता थापाको संयोजकत्वमा महिला परिचालन समिति निर्माण
६.चन्द्र बा भुजेल को संयोजकत्वमा धार्मिक सङ्घ संस्था समन्वय कमिटि गठन
७.साथै जिल्लाको सबै वडामा वडा निर्बाचन परिचालन समिति गठन गर्ने निर्णय ।
८.बिकेश ढुङ्गेलको संयोजकत्वमा आर्थिक कमिटी निर्माण गरेको छ ।

कार्यक्रममा जिल्ला भरका १५० भन्दा बढि राष्ट्रवादी एवं राप्रपाका कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । उक्त भेलामा राप्रपाका जिल्ला अध्यक्ष तथा केहि को भने उपस्थिती रहेको थिएन ।