अमेरिकी जलसेनाको विमान प्रशान्त महासागरमा दुर्घटनाग्रस्त

333

काठमाडौं — अमेरिकी जलसेनाको एक विमान बुधवार प्रशान्त महासागरमा दुर्घटनाग्रस्त भएको छ । विमानमा ११ जना सवार थिए ।

यूएसएस रोनल्ड रेगन नामक उक्त विमानमा रहेका आठजना यात्रु फेला परेको जापानका रक्षामन्त्रीले बताए तर उनीहरू जीवित रहे नरहेको प्रस्ट छैन ।

जापानको सानो टापु ओकिनोतोरिशिमामा उक्त विमान दुर्घटनाग्रस्त भएको थियो ।

जापानमा रहेको सेभेन्थ फ्लीटले एक बयान जारी गर्दै खोजी र उद्धार कार्य शुरु गरिएको बतायो ।

स्थानीय समयअनुसार दिउँसो पौने तीन बजे विमान दुर्घटनाग्रस्त भएको थियो ।

विमान कर्मचारी र यात्रुहरूको नाम अहिले सार्वजनिक गरिएको छैन ।

पूर्वी एसियामा अमेरिकी सशस्त्र बल दुर्घटनामा परेको यो ताजा घटना हो ।

शुरुवाती अनुमानअनुसार इन्जिनमा समस्या आएका कारण विमान दुर्घटनाग्रस्त भएको हुनसक्छ ।

एजेन्सी