निधिलाई भेट्न गए प्रधानमन्त्री देउवा

245

काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवा बुधबार ओम अस्पताल चावहिलमा गएर उपचारको लागि भर्ना भएका नेपाली काग्रेसका नेता विमेलन्द्र निधिलाई भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । प्रधानमन्त्रीलाई ओम अस्पतालका अध्यक्ष एवम् मेडिकल डाइरेक्टर डा.भोला रिजालले नेता निधिको स्वास्थय अवस्थाबारे जानकारी गराएका थिए ।
मंगलबार पुर्व राष्ट्रपति डा.रामवरण यादव,कांग्रेस नेता प्रकाशमान सिंह र राजपा नेता महन्थ ठाकुर पनि ओम अस्पतालमा गएर निधिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।
नेता निधि सोमबारदेखि ओम अस्पतालमा उपचारको लागि भर्ना भएकामा उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको निधिका प्रेस संयोजक रामजी दाहालले बताएका छन ।