रद्ध भएको एमबिबिएस प्रवेश परीक्षा १६ मंसीरमा

285

काठमाडौं । शैक्षिक सत्र २०७४।०७५ मा एमबिबिएस अध्ययन गर्ने विद्यार्थीका लागि त्रिविवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) महाराजगञ्जले गत २८ असोजमा लिएको प्रवेश परीक्षामा चीट फेला परेपछि रद्ध भएको प्रवेश परीक्षाको पुनःपरीक्षा यही १६ मंसीर शनिबार हुने भएको छ । आइओएमले मंगलबार एक सूचना प्रकाशित गरी पुःन परीक्षाको मिति तय गरेको हो ।

२८ असोजमा लिएको प्रवेश परीक्षामा नक्कली परिक्षार्थीको साथै अत्याधुनिक डिभाइसबाट चीट चोरेको फेला परेपछि सो परीक्षाको नतिजा प्रकाशन कार्य (परीक्षाफल) लामो समयसम्म स्थगित गरेको थियो । स्थगित परीक्षामा धाँँधली गरि परीक्षाफल प्रकाशित हुनसक्ने भने परिक्षार्थीहरुबाट व्यापक विरोध भएपछि आइओएमले गत हप्तामात्रै सो परीक्षा रद्ध भएकोे सूचना प्रकाशित गरेको थियो ।

आइओएमले चालु शैक्षिक सत्रको लागि त्रिभुवन विश्वविद्यालयबाट स्विकृती प्राप्त ७६ जनाको सीटको लागि लिएको प्रवेश परीक्षामा ८ हजारभन्दा बढी विद्यार्थी सामेल थिए । प्रवेश परीक्षा दिनेक्रममा ८ जना नक्कली परिक्षार्थीकासाथै चीट चोर्ने अत्याधुनिक डिभाइस सेट सहित प्रहरीले सो घटनामा संलग्न रहेका १२ जनालाई पक्राउ गरेको थियो ।

एमबिबिएसको परीक्षामा चीट चोर्ने अत्याधुनिक मोवाइल डिभाइस सेट समेत पक्राउ परेकामध्ये मुख्य दोषि मानिएका समीर झा ५० हजार र संलग्न अन्य ११ जनालाई जनही २५ हजार धरौटी बुझाएर मुक्त भईसकेका छन् ।
प्रवेश परीक्षामा अनयिमितता भएको पाइएपछि असोज २९ गते नै प्रवेश परीक्षा दिने ३३ जना विद्यार्थीले आइओएम, शिक्षा मन्त्रालय र नेपाल मेडिकल काउन्सिलमा आइतबार छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउँदै सो परीक्षा खारेज गरि पुनः परीक्षा गर्नुपर्ने माग गरेका थिए ।