हामीले धर्म छाडेका छैनौं

823

भक्तपुरको राजनीति बृत्तमा लामो योगदान दिनेहरुको नाम मध्य एक दिनेश श्रेष्ठ पनि हुन् । लामो समय भक्तपुरको राजनीतिमा आफ्नो जिवन ब्यतित गरि सकेका श्रेष्ठ २०३१ साल देखि भक्तपुरको राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल भक्तपुरको संस्थापक अध्यक्ष हुन् । उनको राजनीतिक यात्रा विद्यार्थी मण्डलवाट सुरु गरि विद्याथी मण्डलकै केन्द्रय सदस्य, केन्द्रिय सचिव हुँदै विद्यार्थी राजनीति सँगै उनले नेपाल युवक संगठनको जिल्ला अध्यक्ष तर्फ मोडियो साथै उनी उक्त समयमा नै युवक संगठनको केन्द्रिय सदस्य र पछि केन्द्रिय कोषाध्यक्ष पनि भए ।
विद्यार्थी र युवक संगठनको राजनीति लाई युवा पुस्तालाई हस्तान्तरण गर्दै उनी २०४५ साल पछि भक्तपुर नगर पञ्चायतको प्रधान पञ्च भए वहुदल सँगै प्रधान पञ्च हट्यो । २०४६ साल पछि उनी राजा द्दवार २०५९मा पुन भक्तपुरको मेयरमा मनोनित भए ।
राज संस्थाको अन्त्य सँग सँगै राप्रपा नेपालको स्थापना भयो राप्रपा नेपालको उदय सँगै उनी राप्रपा नेपालको केन्द्रिय कार्यसमिति तथा कार्य सम्पादन समितिमा रही काम गर्दै आए । २०७० को निर्वाचनमा राप्रपा नेपालको तर्फ वाट उनी समानुपातिक तर्फवाट सवासद भए र २०७२ मा भुमी सुधार तथा ब्यवस्था सहायक राज्य मन्त्री भए । उनी २०७० साल देखी नै राप्रपाको भक्तपुर जिल्ला अध्यक्ष रहँदै आएका छन् । उनै सँग आसन्न प्रदेश तथा प्रतिनिधि सभाका सवालमा गरिएको सन्छिप्त कुराकानी यस्तो रहेको छ ।

तपाँईले आफुले आफ्नो परिचय दिदाँ कसरी दिनु हुन्छ ?
मेरो नाम दिनेश श्रेष्ठ हो । म भक्तपुर जिल्ला भक्तपुर नगरपालिकामा नै जन्मेको हो । मेरो वाल्यका एवं सम्पुर्ण राजनीति नै यहि भक्तपुरको पेरी फेरिमा रहेको छ र म आफुले आफुलाई नै परिचय दिदाँ हिजोका दिन देखि हाल सम्म नै एक राष्ट्रवादी खेमाको मानिस हुँ र रही नै रहने छु । हाल म प्रदेश सभा तर्फ राप्रपाका तर्फवाट प्रदेश नम्वर ३ को समानुपातिक उम्मेदवार एवं राप्रपा भक्तपुरको अध्यक्ष पनि हुँ ।

राजनैतिक अबस्थाले नयाँ मोड लिएको छ । यसलाई तपाइँले कसरी लिनु भएको छ?

साँच्चै राजनैतिक अबस्था जटिल मोडमा आइपुगेको छ । बामपन्थीहरूको गठबन्धनले राष्ट्रको निकास निस्किने कुनै छाँट देखिदैन । राष्ट्रिय मुद्दामा सहमति नहुने बाम घटकहरूले सत्तामा पुग्नकालागि एक ठाउँमा मोर्चा बन्धि मात्र भएका हुन्  । बाम गठबन्धनका कारण लोकतन्त्रबादीहरू एक हुने बेला आएको छ । यसको उपयोग गर्न नसकेको खण्डमा लोकतन्त्र वादीहरुको अवस्था अझ कमजोर हुने देखिन्छ ।

राप्रपाले लोकतान्त्रिक गठबन्धन सँग गठबन्धन गरेको छ तर भक्तपुरमा तपाईहरुले किन यो तोड्नु भएको हो ?
हामीले गठबन्धनलाई तोडेका छैनौं । गठबन्धन नै तोडेको भए त प्रतिनिधि सभामा पनि हामीले भक्तपुरमा उम्मेदवारी दिई हाल्थ्यौ नि । हामीले प्रतिनिधि सभामा नेपाली काँग्रेस अर्थात लोकतान्त्रिक गठबन्धनलाई नै समर्थन गर्ने छौं । तर लोकतान्त्रिक गठबन्धनले भक्तपुरमा हामीलाई पनि प्रदेश तर्फ भने राप्रपाको भागमा एक सिट भएपनि थियो तर काँग्रेसले हामीलाई यो कुरामा धोका दियो र हामीले भक्तपुरका चारै प्रदेशमा भने आफ्ना उम्मेदवार उठाएका छौं । हामी यसैको प्रचार प्रसारमा नै लागि रहेका छौं ।

भक्तपुरमा राप्रपाको अवस्था त कमजोर छ भनिन्छ त ?
भक्तपुरमा राप्रपाको अवस्था कसरी कमजोर छ । हामीले हालै मात्र सम्पन्न स्थानिय निकायको निर्वाचनलाई नै नियाल्ने हो भने पनि हामी भक्तपुरमा चाँथो पाटीका रुपमा रहेका छौं । २०७० को निर्वाचनमा हामी समानुपातिक तर्फ तेस्रो स्थानमा रहेका थियौं । हामी कम होलाउँ तर यति दावाका साथ भन्न सक्छौं कि कुनै पनि गठबन्धनलाई हराउन र जिताउन हामी सक्छौं ।

अव राप्रपाको चुनावी अभियान कसरी हुन्छ त कि कसैलाई हामी सघाउँछौं नै ?
कसैलाई सघाउने विषयमा हामीले हाल सम्म कुनै टुङ्गो लगाएका छैनौं । तर प्रदेश सभामा भने हाम्रा उम्मेदवार हुनु हुन्छ हामी उहाँहरुको चुनावी प्रचार प्रसार मा नै लाग्छौं ।

भक्तपुरमा राप्रपाको संगठन कमजोर हुनुमा तपाईको दोष छ तपाई असक्षम जिल्ला अध्यक्षका रुपमा परिणत हुनु भयो भनिन्छ नि कुरा के हो ?
भक्तपुरमा राप्रपाको विगतमा अवस्था के थियो यो वुझनु आवश्यक छ । हिजोका दिनमा भक्तपुरमा राप्रपाको न कार्यालय नै थियो न कुनै भेला हुने स्थान नै पञ्चहरु भन्ने भावनाका साथ हेरिन्थ्यो यहाँ । तर म अध्यक्ष भई सके पछि भएको २०७० सालको संविधान सभाको निर्वाचनमा हामीले प्रत्यक्ष तर्फ चौँथो र समानुपातिकमा राम्रो मतका साथ तेस्रो स्थानमा ल्याउन सक्यौं । हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि हाम्रो अवस्था राम्रै रहयो तर समय परिस्थितिले देश भर नै हाम्रो संगठन प्रति चौतर्फि हमला भएको अवस्था छ । पञ्च भनी हेरिन्छ । र भक्तपुरमा नै केहि पार्टीले कारवाही गरिएका गिरोहले मलाई असफल अनी असक्षम भनी भन्नु को कुनै तुक छैन ।

राप्रपा नेपालले सनातन हिन्दु धर्म र राज संस्थालाई लिएर हिडेको थियो हाल किन छोड्नु भयो ?
हामीले धर्मलाई छोडेका छैनौ । यो गलत प्रचार हो हामीले सनातन हिन्दु धर्मलाई हाल पनि आफ्नो मुल एजेण्डाका रुपमा लिएका छौं । र संवैधानिक राज संस्था हाम्रो माग हो यो हामी छोड्ने छौनैं । जव सम्म हामी देश हिन्दु राज्य हुन्न तव सम्म संघर्ष गरि नै रहन्छौं । संविधानले पनि हाल जवरजस्ती धर्म परिवर्तन गराउन आउने प्रति कडा कानुन बनायो यो हाम्रो मागको उपलब्धी हो ।

हाल भक्तपुरको राजनैतिक अवस्था हेर्दा तपाई भक्तपुरको समृद्दिका लागि को आए ठिक होला भन्ने ठान्नु हुन्छ ?
म राप्रपाको जिल्ला अध्यक्ष र राप्रपाको सिपाही हुँ राप्रपा नै भक्तपुरमा आएका खण्डमा हामी यसको विकास गर्न सक्षम छौं भन्छु । तर हामी भन्दा बाहेक हामीले कुनै राजनैतिक दललाई हेर्ने हो भने अवश्य पनि भक्तपुरको विकासमा नेपाल मजदुर किसान पार्टी भन्दा बाहेक अरु कसैले पनि केहि माखो मार्दैनन् किनकी नेमकिपामा भन्दा बाहेक ईमान्दार राजनीतिक पार्टी अरु कोही भक्तपुरमा कुनै छैन यो त स्थानिय निकायको परिणमले पनि देखाएकै छ त ।

अन्तमा आफ्ना मतदाताहरुलाई के भन्न चहानुहुुन्छ ?
अन्तमा राष्ट्रवादी शक्तिहरुलाई एक हुन आग्रह गर्दछु । हामी कमजोर हुनु भनेको सनातन धर्म कमजोर हुनु हो । यसैले धर्मको रक्षाका गाईमा मतदान गरि आफ्नो पहिचानको रक्षाका लागि आग्रह गर्दछु ।