लोकतान्त्रिक गठबन्धन भक्तपुर क्षेत्र नं:२युवा परिचालन समिति द्वारा अायोजित युवा भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले अब सकिने पालो एमालेको अाएको बताएका छन् ।
‘ राणा शासनले कुनैदलको पनि अस्तित्व स्वीकार्दैनौ भन्दै कांग्रेस सक्छौं भन्दा राणा सकिए,पञ्चे सकिए, राजा सकिए अब कांग्रेस सक्छौं भन्ने एमालेको अाएको छ।’ उनले भने,नेपाली जनता कहिल्यै एक तन्त्रीय निरंकुशतालाई स्वीकार्न सक्दैनन्।
कार्यक्रममा उनले अोली राष्ट्रबादी हुँदै होइनन् र हुन पनि सक्दैनन् भन्दै यदि राष्ट्रबादी हुन भने कम्युनिष्ट हुन नसक्ने बताए। उनले देश संघीयतामा गइसकेकोले चुनौति रअबसर एकैपल्ट अाएको बताए।
उनले मतमतान्तर र द्वन्द हुँदा प्रदेश सरकारले नै समाधान गर्ने हुँदा कुनै प्रदेश द्वन्दमा फसिरहदा पनि अर्को प्रदेशले बिकासको गति लिन सक्ने जानकारी दिए।
कार्यक्रममा उनले कम्युनिष्ट बिचार बादले राष्ट्रबादलाई बल पुरयाउन नसक्ने भन्दै समृद्ध राष्ट्र निर्माणकालागि लोकतान्त्रिक जिताउन लागि पर्न युवाहरुलाई अाग्रह गरेका थिए।कार्यक्रममा दुर्लभ थापा ,जीतजंग बस्नेत,रबिन्द्र प्रताप शाह लगायतले कसैको डर,धम्कि , बहकाउ, प्रलोभनमा नलागी जनता समक्ष समृद्ध नेपाल लोकतान्त्रिक गठबन्धनले मात्रै दिन सक्ने कुरा जनता समक्ष लान अाग्रह गर्दै हरेक कार्यकर्ताको सुरक्षा पार्टीले गर्ने बताएका थिए। कार्यक्रम रबी राणाको सभापतित्वमा सम्पन्न भएको थियो।
Related