Home निर्वाचन धादिङको रुवीभ्याली गाउँपालिकाको दुई मतदान केन्द्रमा मतदान सुरु भएन
धादिङ– धादिङको रुवीभ्याली गाउँपालिकाको दुई स्थानमा अझै मतदान सुरु हुन सकेको छैन ।
रुवी भ्याली गाउँपालिकाको जुम्लाङ खेल मैदान तिप्लीङमा मदतानको सबै तयारी पुरा भएपनि मतदाता भोट हाल्न नगएको बताइएको छ ।
बाम र लोकातान्तिक गठबन्धन बिच राजनितिक दलको प्रतिनिधि राख्ने विषयमा विवाद हुदा तिप्लिङकै ठूलो गाउँमा मदतान कार्य नभएपछि स्थानियले तिप्लीङ खेल मैदानको मदतान नगरेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।
मतदाताले दुई ठाउँमा मतदान सुरु गरेपछि मात्रै भोट बताएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी उपरिक्षक ध्रुवराज राउतले बताए ।
यस्तै केहिसमय अघि राजनितिक प्रतिनिधि विबादकै कारण विहान मतदान कार्य सुरु नभएको झार्लाङमा भने केहि समय अघि मतदान प्रकृया सुरु भएको उनले बताए ।
Related