बागेश्वरीका निरन्जन अधिकारी एमबिबिएस प्रवेश परीक्षामा सर्वाेत्कृष्ट

2916

भक्तपुर । साविक बागेश्वरी गाविस वडा नं ४ र हाल चाँगुनारायण नगरपालिकावडा नं ७ निवासी नवराज अधिकारी रचन्द्रमा अधिकारीका सुपुत्र निरन्जन अधिकारी त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले मंसीर १६ गते शनिबार लिएको एमबिबिएस प्रवेश परीक्षामा ८८ प्रतिशत अंक हासिल गरि उत्कृष्ट भएका छन् । उनीसंगै मोरंगका प्रज्वल लुँइटेल र रुपन्देहीका देवांश उपाध्यायले पनि समान अंक ८८ प्रतिशत ल्याएका छन् ।
यसैगरी २ महिनाअघि काठमाण्डांै विश्वविद्यालय धुलिखेलले लिएको एमबिबिएसप्रवेश परीक्षामा पनिउनले ९१ दशमलव १४ प्रतिशत अंक ल्याएर सो विश्वविद्यालयमा दोस्रो भएका थिए ।

त्रिभुवन विश्वविद्यालय र काठमाण्डौ विश्वविद्यालय गरी दुवै विश्वविद्यालयमा छात्रवृत्तिमा अध्यनको लागि दोस्रो नम्बरमा नाम निस्केपछि कुन विश्वविद्यालयमा एमबिबिएस पढ्ने भन्ने उनी दोधारमा परेका छन् । ‘मेरो पहिलो प्राथमिकता त्रिभुवन विश्व विद्यालय चिकित्साशास्त्र अध्ययनसंस्थान अन्तर्गतको महाराजगञ्ज क्याम्पसमा हुनेछ’ उनले भने ।

गत असोज २८ गते सञ्चालित आइओएमको एमबिबिएस प्रवेश परीक्षामा अनियमितता भएको पाइएपछि सो परीक्षा स्थगित गरी करीव २ महनापछि मंसीर १६ गते पुनः प्रवेश परीक्षा लिइएको थियो । पहिलोपटकमै उच्च अंकका साथ निरन्जन उतिर्ण भएका थिए ।

कोटेश्वरको क्यापिटल कलेज एण्ड रिर्सच सेन्टर (सिसिआरसी कलेज) बाट यसैवर्ष विज्ञान विषयमा ८६ दशमलव ८ प्रतिशत अंक हासिल गरेका निरन्जन एमबिबिएसकोप्रवेश परीक्षामा त्रिभुवन विश्वविद्यालय र काठमाणैं विश्वविद्यालयमा सर्वाेत्कृष्ट अंक हासिल गर्ने संभवतः भक्तपुर जिल्लाकै पहिलो मेधावी विद्यार्थी हुन ।
विद्यालयस्तर देखिनै कक्षामा पहिलो हुँदै आएका निरन्जनले २०७१ को प्रवेशिका परीक्षामा ८८ दशमलव २५ अंक हासिल गरेर उनी पढेको विद्यालयमा सर्वाेत्कृष्ट भएका थिए ।

हाल जडिबुटी नरेफाँटमा बस्दै आएका निरन्जन विभिन्न समयमा विभिन्न संघसंस्थाद्धारा आयोजित हाजीरीजवाफ प्रतियोगितादेखि खेलकूदमा समेत पहिलो पुरस्कार जितिसकेका छन् ।