कसले भन्यो नेपालमा गाई काट्न पाउनुपर्छ? हेर्नुहोस् पूरा प्रतिवेदन

359

अमेरिकाको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोग (यूएससीआइएरएफ)ले नेपालमा धार्मिक सद्भाव र सम्मानमा धक्का पुर्याउने गरी एउटा प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त रिपोर्टमा संविधानतः नेपाल धर्मनिरपेक्ष राष्ट भएपनि व्यवहारमा यहाँ धार्मिक स्वतन्त्रता नभएको विषय समावेश गरेको छ ।

नेपालको संविधानमा भएको धर्म परिवर्तन गर्न नपाइने व्यवस्था पनि हटाउनुपर्नेका साथै नेपालमा गाईको मासु खान पाउनुपर्ने सहितका मागहरु सम्बोधन गर्न नेपाल सरकारलाई सिफारिस गरेको छ ।

“यस संस्था संयुक्त राज्य अमेरिकी सरकारले नेपाललाइ धर्म परिवर्तन र गाईको व्यवहारलाई अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रताको मापदण्डहरूअनुसार ल्याउन आफ्नो संवैधानिक र कानुनी निष्प्रभाव तुल्याउन वा परिवर्तन गर्न दबाब देओस् भन्ने सिफारिस गर्छ,” अमेरिकी धार्मिक आयोगका प्रतिवेदनमा भनिएको छ ।

त्यतिमात्र नभई अमेरिकाले चीनबाट भागेका तिब्बतीहरूलाई स्वतन्त्र रूपमा नेपाल हुँदै भारत जानका लागि नेपाललाई सुरक्षित आश्रय स्थल बनाउनका लागि समेत दबाब दिन उक्त आयोगले अमेरिकी सरकारलाई सिफारिस गरेको छ ।

नेपाल सरकारको धार्मिक स्वतन्त्रता र मानव अधिकारसम्बन्धि निर्णयहरूमा भारत र चीन सरकारको दबाबमा हुने गरेको आरोप लगाइएको छ ।

भारतीज जनता पार्टी नेपाललाई हिन्दु राष्ट्र बनाउन लागेको भन्दै हिन्दुवादीहरूलाई अल्पसंख्यक धार्मिक समुदायप्रति हिंसा प्रयोग गर्ने, विदेभकारी व्यवहार गर्ने, धार्मिक रूपमा व्याख्या गर्ने र डरको वातावरण बनाउने तथा राष्ट्रमा गैर(हिन्दुलाई स्वागत नगर्ने भनेर उक्त अमेरिकी संस्थाले आरोप लगाएको छ ।

यसैगरी चीनले नेपाललाई दलाई लामा अस्वीकार गर्न तथा तिब्बतीलाई नेपाल हुँदै भारत जान प्रतिबन्ध लगाएको उल्लेख गरिएको छ ।