प्रयोगशाला सामग्री प्रदर्शनी २८ मंसीरदेखि

323

काठमाडौं । २८ मंसीरदेखि पुस १ सम्म राजधानीको भृकुटीमण्डपमा चिकित्सा विज्ञान र प्रयोगशालामा प्रयोग हुने उपकरणहरुको दोस्रो वृहत प्रदर्शनी हुने भएको छ ।

केमिकल एण्ड मेडिकल सप्लायर्स एशोसियसन अफ नेपाल (केम्सान) संग मिलेर सर्जिकल म्यानुफ्याक्चर्स एण्ड ट्रेडर्स एशोसियसन र एसडि प्रोमो मिडिया प्रालि भारतको संयुक्त आयोजनामा सो प्रदर्शनी हुन लागेको र यसको सम्पूर्ण तयारी भइसकेको आयोजकले जनाएको छ ।

नेपाल मेडिकल एशोसियसनको प्राविधिक सहयोगमा आयोजना हुन लागेको सो प्रदर्शनीमा चिकित्सा विज्ञान र प्रयोगशाला उपकरणसम्वन्धी पाँचसय थरीका सामाग्री राखिने र प्रदर्शनीमा सर्वसाधारणलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जनाएका छन् ।

नेपाल मेडिकल एकोसियसनका अध्यक्ष मुक्तिराम श्रेष्ठ, केमिकल एण्ड मेडिकल सप्लायर्स एशोसियसन अफ नेपालका अध्यक्ष सुरेश घिमिरे र एसडि प्रोमोका अध्यक्ष शतिस कुमारले प्रदर्शनीका बारेमा प्रकाश पारेका थिए ।