भक्तपुरलाई ३ नं. प्रदेशको केन्द्र बनाउन नेपाली कांग्रेसको माग

566

भक्तपुर। नेपाली काँग्रेस भक्तपुरले ३ नम्वर प्रदेशको राजधानी भक्तपुरमा नै हुनु पर्ने माग राखेको छ ।
भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा नेपाली काँग्रस भक्तपुरका सभापती दुर्लभ थापाले भक्तपुर ३ नं. प्रदेशका केन्द्र पर्ने र यहाँ पर्याप्त सार्वजनिक स्थल भएकाले भक्तपुरमा प्रदेशसभाको राजधानी निर्माणको लागि उपयुक्त भएको बताउँदै भक्तपुरलाई नै प्रदेशको राजधानी माग गरेको बताउनुभएको छ ।

सभापती थापाले भक्तपुरको सानोथिमीमा रहेका शिक्षाका निकाय, सल्लाघारीको ९९ रोपनी जमिन, जगातीको इँटाटायल कारखाना, खरिपाटिको विधुत प्राधिकरणको तालिम हल , थिमीको कृषिविकास तालिम हल लगायतका क्षेत्रमा ३ नं. प्रदेशको राजधानी निर्माण गर्न उपयुक्त स्थान भएको बताउनुभयो ।

भक्तपुरलाई ३ नं. प्रदेशको स्थायी राजधानी तोक्नका लागि नेपाली काँग्रेसले हरदम प्रयास गरि रहेको बताउँदै उहाँले भक्तपुरमा भौतिक संरचना र प्रदेशको विच भाग एवं अन्य किसिम बाट पनि भक्तपुर राजधानीको लागि उपयुक्त भएको बताउनुभयो ।

यस्तै नेपाली काँग्रेसका तर्फवाट भक्तपुर क्षेत्र नम्वर १ का उम्मेदवार एवं पुर्व कानुन आयोगका सभापती बाबुराजा जोशीले राजधानीको नजिकको जिल्ला भई कन पनि भक्तपुरमा विकासको दृष्टीकोणले पछाडी परेका कारण पनि भक्तपुरलाई नै राजधानी बनाउनु पर्नेमा उहाँले जोड दिनु भएको छ ।

उहाँका अनुसार भक्तपरमा राजधानी निर्माणका लागि पर्याप्त स्थान रहेको तथा केन्द्रिय राजधानीको नजिक रहँदा अन्य कुरा बाट पनि जनतालाई सेवा दिन सहज हुने भएका कारण राजधानिकोलागि नेपाली काँग्रेस भक्तपुरले भक्तपुर नै माग गरेको उहाँको भनाई रहेको थियो ।
नेपाली काँग्रेस भक्तपुर जिल्ला सदस्य केदार खड्काले प्रेस विज्ञप्ती प्रस्तुत गर्दै भक्तपुर हरेक दृष्टीकोणवाट राजधानीका लागि उपयुक्त स्थान भएको बताउँदै ३ नम्वर प्रदेशको राजधानी भक्तपुरमा हुनु पर्ने माग राख्नु भएको छ ।

यस्तै पत्रकार सम्मेलनमा जिल्ला कोषाध्यक्ष अंगद खड्का , समानुपातिक उम्मेदवार रजनी जोन्छे , जिल्ला सदस्य निसान ढुंगेल लगाएतका काँग्रेस कार्यकर्ताहरुले भक्तपुर नै राजधानीको लागि उपयुक्त भएको बताउँदै आफुहरुले राजधानी भक्तपुरमा नै ल्याउन सर्वललिय बैठक एवं सरकारलाई ध्यानाकर्षण गर्दै आएको बताएका छन् ।