नेपालमा वाम गठबनधनले बहुमत ल्याएपछि भारतमा रुवाबासी, मिडियाले यस्तो सम्म भने

271

काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धनले अप्रत्यासित नतिजा निकालेपछि भारतीय मिडियाहरुले विभिन्न अड्कलबाजी गर्न थालेका छन् ।

विभिन्न भारतीय मिडियाहरुमा नेपालको निर्वाचनका विषयमा विभिन्न चर्चाहरु भईरहेका बेला भारतको एक चर्चित अनलाईन पोर्टल नवभारत टाईम्सले भने भारतलाई चीन र पाकिस्तान पछि नेपालले टेन्सन दिन थालेको उल्लेख गरेको छ ।

बुधबार उक्त अनलाईनमा पाकिस्तान र चीन पछि अब भारतलाई नेपालबाट टेन्सन ? भन्ने प्रश्नात्मक शीर्षकमा प्रकाशित समाचारमा भारतलाई नेपालमा कम्युनिष्ट सत्ता आएको र त्यो सत्ता चिनियाँ पक्ष तर्फ ढल्किएपछि झन् टेन्सन थपिएको बताएको छ ।

गुजरात विधानसभा चुनावकाबीच सरकार पाकिस्तानसँगको तनावमा मात्रै व्यस्त भईरहेको बेलामा नेपालबाट अर्को किसिमको तनाव सुरु भएको उल्लेख गरिएको छ ।

नेपालमा कम्युनिस्ट पार्टीको सरकार बनेपछि केपी ओलीको हातमा सत्ताको चाबी हुनु नै भारतको लागि खताराको घण्टी बजेको पनि समाचारमा उल्लेख गरिएको छ ।