शशांक कोईराला काँग्रेसको नयाँ सभापति बन्दै, देउवा र गगन थापा यसरी आउट भए (विस्तृतमा)

305

काठमाडौं ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नराम्ररी हार व्यहोरेको नेपाली काँग्रेस भित्रै पार्टी नेतृत्वको विरोध हुन थालेको छ । काँग्रेस निकट स्रोतहरुबाट प्राप्त खवरहरु अनुसार अहिलेका महामन्त्री सशांक कोईराला देउवालाई हटाएर आफु पार्टी सभापति बन्ने दाउमा लागेका छन् । स्रोत भन्छ, कोईरालाको नेतृत्वमा एउटा टिम नै गठन भईसकेको छ ।

जसमा युवा नेता गगन थापा बाहेक सबै अटाएका छन् । सशांकलाई सभापति मानेर जानेबारे प्रकाशमान सिंह, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी लगायतका युवा नेताहरुको खास टिम बनेको छ ।

नेता थापाको भर नहुने भन्दै उनलाई टिममा समावेश नगरिएको एक नेताले बताए । उनका अनुसार थापाले आफूलाई मात्रै फाईदा हेर्ने गरेको र चर्चाको लागि जे पनि बोलिदिने गरेकोले उनलाई तत्काल समेटेर जाने स्थिति सिर्जना नभएको हो ।

महामन्त्रीमा शेखर कोइराला र विश्वप्रकाश शर्मालाई अघि सार्ने पनि नयाँ टिमको तयारी रहेको स्रोतको दाबी छ । त्यस्तै उपभासपति र संसदीय दलको नेतामा प्रकाशमान सिंह र सह–महामन्त्री चन्द्र भण्डारीलाई अघि सार्ने बुझिएको छ । नयाँ टिम पूर्व नेविसंघका अध्यक्षहरु भण्डारी र शर्मा रहेका छन् । त्यस्तै टिममा नेताहरु महेन्द्र शर्मा, गोविन्द भट्टराई र सञ्जय गौतमपनि रहेको बुझिएको छ ।

त्यस्तै कृष्णप्रसाद सिटौलाको क्याम्प परिवर्तन गरि नेता भीमसेनदास प्रधानपनि यही नयाँ टिममा सहभागी रहेको उनी निकट स्रोतको दाबी छ । काँग्रेसले इतिहासमै नभोगेको हार यो पटकको निर्वाचनमा व्यहार्नुपरेको छ । चुनाव गराएर प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले जस लिएपनि आफैले गराएको चुनावमा पार्टीले हार व्यहोर्नुपरेको भन्दै असन्तुष्टि व्याप्त छ । देउवा निकटस्थहरूले समेत उनीप्रति आक्रोश पोखिरहेका छन् ।

चुनाव हार्नुमा देउवाको विवादास्पद कदम मुख्य जिम्मेवार हो भन्ने आरोप उनीमाथि लागिरहेको छ । उनका अभिव्यक्तिहरू समेत विवादमा परे । विवादास्पद बोलीका कारण समेत मतदाताको विकर्षण बढ्यो । देउवा आइजीपी प्रकरण हुँदै महाभियोग र राजदूत प्रकरणमा विवादमा मुछिए ।

एआइजीहरूको दरबन्दी थपेको थप्यै गर्दा समेत विवाद बढ्यो । देउवाका कदमले नोक्शान पुगेको विश्लेषण काँग्रेसभित्र भएको छ ।
देउवाप्रति पार्टी्िभत्र आक्रोश बढिरहँदा उनका पक्षधरहरूले संविधान कार्यान्वयनका लागि हुनुपर्ने चुनाव गराएकाले जित भएको तर्क गरेका छन् । तर, देउवाबाट पार्टी नचल्ने भन्दै नेतृत्व परिवर्तनको आवाज समेत उठेको छ ।

विशेष महाधिवेशन बोलाइए देउवाको विकल्पको अहिल्यै खोजी हुनसक्छ । तर, काँग्रेसभित्र विशेष महाधिवेशन आयोजना भइहाल्ने सम्भावना कम छ ।

अहिले देउवाको विकल्प सशांक हुन सक्ने भन्दै देशभरिका नेता तथा कार्यकर्ताहरुले यस्तो दबाब दिएका छन् । उनीहरुले सशांकलाई नेतृत्वमा स्थापित गर्दै पार्टीमा युवा नेताहरुलाई स्थापित गर्नसमेत दबाब दिएका छन् ।