भक्तपुर अस्पतालका लेखा अधिकृत अनैतिक सम्बन्ध राख्दै गर्दा रंगे हात पक्राउ

306

भक्तपुर । भक्तपुर अस्पतालका लेखा अधिकृत बोधराज घिमिरे आफ्नै कार्यालयकी महिलासँग कार्यालयमै अनैतिक सम्बन्ध राख्दै गरेको अवस्थामा रंगे हात पक्राउ परेका छन् ।

भक्तपुर अस्पतालमा आजभन्दा ४ महिना अगाडि २०७४ भदौमा सरुवा भइ आएका घिमिरेले विगत ३ महिनादेखि अस्पतालकै विकास समितिमा कार्यरत महिलासँग यौन सम्बन्ध राख्दै आएको पाइएको छ ।

गत हप्ता अस्पतालको आफ्नै कार्यकक्षमा शारीरिक सम्पर्क राख्दै गरेको अवस्थामा अस्पतालकी मेट्रोन सावित्री
पौडेलेको नेतृत्वको टोलीले घिमिरेलाई रंगे हात पक्राउ गरेको थियो । पक्राउ परेपश्चात घिमिरेले पीडितसँग माफी मागेको र यस घटनालाई अस्पतालकी मेडिकल सुपरीटेन्डेन डा.सुधा देवकोटाको रोहबरमा पीडकलाई माफी मगाएर छाडिएको श्रोतले बताएको छ ।

घिमिरे यसअघि कृषि विकास कार्यालय भक्तपुरमा लेखा अधिकृतका रुपमा कार्यरत थिए । कृषि विकास कार्यालयमा
रहँदासमेत घिमिरेका विभिन्न असामाजिक गतिविधिहरु क्रियाशील रहेको पाइएको थियो ।

खासगरी मादकपदार्थ सेवन गर्ने, महिलामाथि दुव्र्यवहार गर्ने र कार्यालयले दिएको जिम्मेवारीलाई सरल ढंगले निर्वाह गर्न आनाकानी गर्ने जस्ता व्यवहार देखाउने गरेको बताइएको छ ।
अनन्त सन्देशवाट