सर्लाहीमा निःशुल्क स्वास्थ्य शिविर

297

 

सर्लाही, ईश्वरपुर– सर्लाही जिल्ला ईश्वरपुर नगरपालिकास्थित नारायण जनता प्राथमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर गरिएको छ ।

ईश्वरपुरका जनसमुदायलाई लक्षित गरी आयोजना गरिएको उक्त निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन ईश्वरपुर नगरपालिकाका नगरप्रमुख मनोजकुमार देवकोटाले गर्नु भयो ।

नारायण जनता प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्गबहादुर कार्कीको सभापतित्वमा भएको उक्त शिविरमा हार्डजोर्नी, स्त्री तथा बालरोग, सुगर परीक्षण, छाती तथा खकार परीक्षण र अन्य सामान्य रोगहरुको परीक्षण गरिएको बासुदेव प्रसाद जोशी स्मृति प्रतिष्ठानका अध्यक्ष लक्ष्मण जोशीले बताउनु भयो ।

नारायण जनता प्राथमिक विद्यालय ईश्वरपुर, बासुदेव प्रसाद जोशी स्मृति प्रतिष्ठान, पिन नेपाल, नेपाल क्षयरोग निवारण संस्था भक्तपुर, लायन्स क्लव अफ काठमाडौं समर्पित, तारामण्डल महिला शसक्तिकरण अभियान र हेड्स नेपालको संयुक्त आयोजनामा भएको उक्त निःशुल्क स्वास्थ्य शिविरमा १ हजार ३ सय ३५ जना महिला पुरुष र बालबालिकाहरुले स्वास्थ्य उपचार गराएका थिए ।

स्वास्थ्य शिविरमा स्त्री रोग र हार्डजोर्नी सम्बन्धी बढि समस्या देखिएको र परीक्षण गर्न आउनेहरुमा धेरैजसो महिला र बृद्धबृद्धाहरुले उपचार गर्न आएको नेपाल क्षयरोग निवारण संस्था भक्तपुरका निवर्तमान सभापति बाबुकाजी श्रेष्ठले जानकारी दिनु भएको थियो ।

स्वास्थ्य शिविरले ईश्वरपुरका जनता धेरै नै लाभान्वित भएकोस्थानीय बासिन्दाहरुले बताउदै यस्तै शिविरहरु गाउ“मा पटक पटक आउनु पर्नेमा जोडदिए ।

स्वास्थ्य शिविरमाबि एण्ड बि अस्पताल, किष्ट अस्पताल, शिक्षण अस्पताललगायतका चिकित्सकहरु, जापानीज स्वयंसेवक र विद्यार्थी स्वयंसेवकहरु सहित ५० जना स्वयंसेवक सहभागी रहेको उक्त शिविरमा विरामीहरुलाई निःशुल्क औषधी वितरण गरिएको र उक्त औषधीहरु विभिन्न संघसंस्थाहरुबाट सहयोग प्राप्त भएको सबै संघसंस्थाहरु मिलेर सामुहिक रुपमा यो स्वास्थ्य शिविर गरिरहेको प्रतिष्ठानका अध्यक्षले जानकारी दिनुभयो ।