जोर्नी प्रत्यारोपण गरेकाहरुको ग्राण्डीमा पहिलो भेला

284

काठमाडौं ।ग्राण्डी अन्तर्रांष्ट्रिय अस्पतालमा जोर्नी प्रत्यारोपण परिवारको पहिलो भेला तथा अन्तरक्रिया सम्पन्न भएको छ । अस्पतालकोे पाँचौं वर्ष प्रबेशको अवसरमा अस्पतालको अर्थोपेडिक तथा ट्रमाटोलोजी बिभाग अन्तर्गतको जोर्नी प्रत्यारोपण, स्पोर्टस् मेडिसिन तथा आर्थ्रोस्कोपी युनिटले आयोजना गरेको सो भेलामा जोर्नी प्रत्यारोपण गरेका बिरामीहरु र जोर्नी प्रत्यारोपणमा सहभागि चिकित्सक तथा नर्सिङ स्टाफहरु सहभागि थिए ।
ग्राण्डी अस्पतालमा अर्थोपेडिक र ट्रमाटोलोजी बिभागले सेवा शुभारम्भ गरेसँगै जोर्नी प्रत्यारोपण सेवा समेत शुरु भएको थियो । अस्पतालका मेडिकल डाइरेक्टर तथा वरिष्ठ हाडजोर्नी तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ डा.चक्रराज पाण्डे नेतृत्वको टिमले सो अस्पतालमा बिगत पाँच वर्षदेखि आर्थोप्लास्टी अर्थात जोर्नी प्रत्यारोपण गर्दै आइरहेको छ ।
‘अस्पतालमा आउँदा ह्वील चेयरमा आएका बिरामी जोर्नी प्रत्यारोपणपछि हिँड्नसक्ने भएर घर फर्कने गरेका छन् ।’ विशेषज्ञ डा.पाण्डेले भने । जोर्नी प्रत्यारोपण गरेपछि पलेंटी मारेर नबस्न, टुक्रुक्क नबस्न, रुख नचढ्न तथा शरीरलाई धेरै भार पार्ने काम नगर्न र खानपिनमा ध्यान दिएर शरीरको तौल नियन्त्रणमा राख्न उनको सुझाव छ ।
जोर्नी प्रत्यारोपणका लागि पहिले भारत लगायतका बिदेशी मुलुकमा जाने गरेका नेपालीहरुमध्ये अधिकांश विरामी ग्राण्डी अस्पतालमा आउने गरेको अस्पतालको दावी छ ।
नेपालमा नै जोर्नी प्रत्यारोपण सेवा उपलब्ध भएपछि आफुहरुले निकै राहत महशुस गरेको सेवाग्राहीको भनाई छ । जोर्नी प्रत्यारोपणपछि अपाङ्गताबाट मुक्त भएर सहज रुपमा हिँडडुल गर्न सक्ने भएको दुईबर्षअघि ग्राण्डी अस्पतालमा जोर्नी प्रत्यारोपण गराएकी काभ्रेकी ६८ बर्षिय सन्चमायाँ तामाङले आफ्नो अनुभव सुनाइन ।
विश्वस्तरीय अस्पताल नियमक निकाय ‘जोइन्ट कमिसन इन्टरनेशनल’ जेसीआईको मापदण्डअनुसार सन् २०१० मा बनेको सो अस्पतालमा विश्वस्तरीय अत्याधुनिक उपचार उपकरणहरू उपलब्ध छन् ।