पाउने भए भोजकुमारले नयाँ जीवन

404

भक्तपुर । युवा सक्रियताले भोजकुमारले नयाँ जीवन पाउने भएका छन् । डि एस दोङ , सुदिन दोङ लगाएतका युवाहरुको सक्रियतामा संञ्चालन भएको भोजकुमार बचाउ अभियान अन्तर्गत देश विदेशमा रहेका नेपालीहरुको सहयोग वाट भोजकुमारले नयाँ जीवन पाउने भएका हुन् ।

मृगौला पीडित भोज कुमार दोङ बचाउ अभियान अन्तर्गत युवाहरुले भक्तपुरमा शनिवार बृहत साँस्कृतिक कार्यक्रम समेत आयोजना गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य माननीय संसद गंगा बहादुर दोङले हाल नेपालमा जटिल रोगवाट ग्रसितहरुको उपचारमा सरकारले नै केहि गर्नु पर्ने दिन आएको बताउनुभएको थियो । उहाँले भोजकुमार बचाउ जस्तै अन्य चार जना बचाउ अभियान संञ्चालन गरि सकेका सुदिन दोङ लगायतका टिम भए सम्म तामाङ समुदायमा पैसा अभावमा कोहि पनि मर्नु नपर्ने बताउनुभएको थियो ।


यस्तै कार्यक्रममा विशेष अतिथि प्रदेश सभा सदस्य रत्न ढकाल, तामाङ कलाकार संघ नेपालको केन्द्रीय अध्यक्ष सञ्जिव वाईवा ,चाईयल स्पेस फाउन्डेसन नेपालको अध्यक्ष टासी लामा, समाजसेवी तथा खलनायक विकु थोकार नेपालको अध्यक्ष स्मिति लामा, समाजसेवी रोशन लामा तिमाल गाउँपालिका वडा अध्यक्ष चन्द्र कुमार लामा, निर्माण व्यावसायिक काभ्रे उपाध्यक्ष विरवाल लामा,म्हेन्दो माया विग्निस ग्रुपको अध्यक्ष सानुमाया लामा, विकुलाल लामा लगाएत अन्य संघ संस्थाबाट उपस्थित महानुभवहरुले भोजकुमार जस्ता युवाहरुले रोगका कारण अकालमा ज्यान गुमाउन नदिन आफुहरु सदैभ तल्लीन रहने बताउनुभएको थियो ।

छोर्वाला काई रेडियो गेताङको पाँचौ प्रयास स्वरुप संचालन भएको भोज कुमार दोङ बचाउ अभियान सहयोगार्थ साँस्कृतिक कार्यक्रम (२०७४) को राष्ट्रिय ख्यातिप्राप्त चर्चित कलाकारहरुले पनि साथ दिएका थिए ।

भोज कुमार बचाउ अभियानमा सहकार्य गर्ने कलाकारहरुमा सञ्जिव वाईवा, विश्व दोङ, विशाल काल्तान, शासिकला मोक्तान ,टीका बोम्जन, शुक्र दोङ, सुरेश लामा(नेपाली तारा टप घ) ,सरस्वती लामा रक, प्रयास दोङ ,अभिषेक तामाङ
जगत घिसिङ ,पुजा लामा, हावा लामा ,टेनिस दोङ, पेमा लामा, विहिन दोङ, साथमा चर्चित खलनायक, बिकु थोकर, युवा समाजसेवी अशोक लामा लगाएतका कलाकारहरुले आफ्नो बेजोड प्रस्तुति प्रस्तुत गरेका थिए ।


भोज कुमार बचाउमा सहयोग गर्नुहुने सम्पुर्णमा हार्दिक धन्यवादका साथ कृतज्ञता दिदै कार्यक्रम संचालक सुदिन दोङ तथा भोजकुमार बचाउ अभियानका संयोजक डि एस दोङले आगामि दिनमा पनि सहयोगका अपेक्षा राख्दै सहयोग गर्नुहुने सम्पुर्णमा धन्वाद दिनु भएको थियो । उहाँहरुले आगामी दिनमा पनि आफुहरुले अरु कोहि बचाउ अभियानमा सहयोगका अपेक्ष राख्दै सहयोग गर्नुहुने कलाकार ,समाजसेवी लगाएत दानविर हातहरुलाई सलाम गर्नुभएको थियो ।

 

मृगौला पिडित तामाङलाई १२ लाख नगत हस्तान्तरण

भोजकुमार बचाउ अभियान अन्र्तगत शुभकामना पार्टी प्यालेस भक्तपुर सुर्यविनायकमा भएको बृहत साँस्कृतिक कार्यक्रमबाट उठेको रकम आईतवार भोजकुमार लाई हस्तान्तरण गरिएको छ । मृगौला पीडित भोजकुमार बचाउ अभियानमा उठेको बाह्र लाख एकहजार एक सय साठी रुपैया रफत संचार क्लब भक्तपुरमा पत्रकार सम्मेलन गरि पीडित भोजकुमार दोङलाई मानव अंग प्रत्यारोपण अस्पताल भक्तपुर पुगि भोजकुमार बचाउ अभियान संयोजक डि.एस दोङ र सुदिन लामा दोङले पीडितको आमा सोमरानी तामाङ र पीडित भोजकुमार दोङलाई हस्तान्तरण गरिएको छ ।

सहयोग दिदै डि.एस र सुदिन दोङले अभियानलाई देश तथा बिदेशबाट साथ र सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी हातहरुलाई हार्दिक आभार प्रकट गर्दै उहाँहरुको उत्तरउत्तर प्रगतीको कामना समेत गर्नुभएको छ ।यस्तै अतुलनिय सहयोग गर्नुहुने सहयोगी अभियन्ताहरु राजु दोङ, शक्तिमान लामा ,हावा लामा पेमा लामा,बुद्ध लामा, विहिन दोङ लगाएत साथिहरुमा हार्दिक नमन समेत गर्नुभएको थियो ।

भोजकुमारका छोराछोरीलाई कक्षा १२ सम्म नि शुल्क पढाईदिने

बृहत साँस्कृतिक कार्यक्रममा मृगौला पीडित भोजकुमारका छोरा छोरीलाई चाईयल स्पेस फाउन्डेसन नेपालले निशुल्क शिक्षा दिने प्रतिवद्दता गरेको छ ।

संचारकर्मी सुदिन दोङ लगाएतको प्रयासमा भएको भोजकुमार बचाउ अभियानमा संस्थाका अध्यक्ष टासी लामाले डि.एस दोङ र सुदिन जस्ताहरु प्रयासमा आफुहरुले पनि साथ दिने प्रतिवद्दता अनुसार दिगो सोच अनुसार भोजकुमारका एक छोरा र एक छोरीलाई कक्षा १२ सम्म आफ्नो संस्थाले निशुल्क पठनपाठनको ब्यवस्था गर्ने जनाएका छन् ।