करियर विल्डिङ्ग एनप्याब्सन फुटबल च्याम्पियन

400

काठमाडौं । पेप्सीकोला टाउन प्लानिङ्गको करियर बिल्डिङ्ग इन्टरनेशनल एकेडेमी १९ वटा विद्यालयलाई पछि पार्दै पहिलोपटक मै काठमाडौं जिल्लाव्यापी एनप्याब्सन फुटबल च्याम्पियन बनेको छ ।

राष्ट्रिय नीजि तथा आवाशियविद्यालय संगठन एनप्याब्सनको पहिलो खेल महोत्सव अन्र्तगत पेप्सीकोला टाउनप्लानिङ्गस्थित खेलमैदानमा आयोजितछात्र फुटबलको उपाधि१–० गोलको अन्तरलेजितेपछि करियर टीम च्याम्पियन बनेको हो ।

प्रतियोगितामा कठमाडौं जिल्लाका २० वटा विद्यालय टीमले भाग लिएका थिए ।

फाईनल खेलमा करियरले दिक्षान्त एकेडेमीलाई १–० गोलको रोमाञ्चक जित निकाल्यो । करियरका सुजन भट्राईले पहिलो हाफको १४औं मिनेटमा गरेको एक मात्र गोलनै च्याम्पियनको उपाधि जित्नका लाग निर्णायक गोल बन्यो ।

विजेता टिम करियरका सास्वत सत्यालले प्रतियोगिताको उत्कृष्ट गोलकिपरको उपाधि जितेका थिए ।

मंगलबारनै भएको सेमिफाईनल खेलमा कप्तान समेत रहेका सुजन भट्राईले भिमेश्वर एकेडेमी बिरुद्ध २ गोल गदै टिमलाई फाईनलमा पुर्याएका थिए ।

दोश्रो स्थानमा चित्त बुझाएको दिक्षान्त एकेडेमीले सेमिफाईनलमा शारदा एकेडेमीलाई हराउदै फाईनलमा स्थान बनाएको थियो ।

शारदाले तेश्रो स्थानका लागि भएको खेलमा भिमेश्वरलाई हराउन सफल भयो ।

 

प्रतियोगितामा सर्वाधिक गोलकर्ताको उपाधि दिक्षान्त एकेडेमीका सन्देश तामाङ भए । उनले खेल अवधिभर १२ गोल गरेका थिए ।