युवासंघले गरेको उद्योग बन्दको ३ संस्थाद्वारा भत्र्सना

299

बुटवल । मंगलबार देखी युवा संघले गरेको रुपन्देहीका ११ सिमेन्ट र छड उद्योगमा तालाबन्दीको सिद्वाार्थ उद्योग वाणिज्य संघ रुपन्देही, रुपन्देही उद्योग संघ वुटवल र रुपन्देही उद्योग व्यपार संगठनले भत्र्सना गरेको छ । बुधबार ३ संस्थाले संयुक्त बक्तब्य जारी गर्दै घटनामा संलग्नलाई कारबाहीको माग गरेको छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका कार्यवहाक अध्यक्ष शान्त कुमार शर्मा, रुपन्देही उद्योग संघ वुटवलका अध्यक्ष गणेश प्रसाद अधिकारी र रुपन्देही उद्योग व्यपार संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारी द्वारा हस्ताक्षरीत संयुक्त बिज्ञप्ती जारी गरि घटनामा संलग्नलाई कारबाहीको माग गरिएको छ ।