काठमाडौः सरकारले ६५ वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई बृद्धभत्ता दिने निर्णयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गरेका छन्।
बिहीवार पार्टी मुख्यालय धुम्वाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अहिलेको सरकारले देशलाई नै कंगाल बनाउने र आर्थिक संकट उत्पन्न गर्ने कृयाकलाप गरेको आरोप लगाए। अध्यक्ष ओलीले भने, ‘अहिलेको सरकार निर्लज्ज भयो। अहिले आएर यो नीति वा बजेट पेस गरेको हो कि? पैसा राख्ने ठाउँ भएन भनेर हल्दिउँ भनेर हो कि। कुनै उत्तर दायित्ववोधका काण होइन, देशलाई बोझ बोकाउने काम भयो।
अरुले निर्वाचनमा जिते भन्दैमा देशलाई नै कंगाल बनाइदिने भन्दै ओलीले प्रश्न गरे। उनले भने, ‘शेरबहादुरजी त सांसद हुनुहुन्छ किन हतार भएको हो। उहाँले त ७० भए पनि भत्ता पाइहाल्नुहुन्थ्यो।’
संविधानको गलत ब्याख्या गरेर जालझेलबाट अनुपयुक्त सेटिङ प्रयोग गरेर गलत मनासयले सरकार चलेको आरोप समेत ओलीको थियो। पुँजी परिचालनको सम्भावनालाई कमजोर बनाउने काम भएको समेत बताए।
नेकपा एमालेको सरकारपछि देशमा कुनै पनि काम नभएको बताए। भूकम्प पुनर्निमाण पनि सरकारले कुनै काम नगरेको अध्यक्ष ओलीले आरोप लगाए।
कानुन विपरित भएका कुनै पनि निर्णयलाई स्वीकार नगर्ने ओलीको भनाइ थियो। ‘हामीसित सहमति नभइ भएका कनै पनि अवैध निर्णय मान्दैनौं,’ उनले थपे, ‘हामीले अस्वीकार गरेपछि के हुन्छ बुझे हुन्छ।’
उनले अहिलेको सरकारलाई देशको सीमानाको बारेमा कुनै पनि ध्यान नभएको समेत आरोप लगाए। उनले भने, ‘अहिलेको सरकारको ध्यान कहाँ छ सबैलाई थाहा छ।’
सीमाना मिचिएको भए आफुहरुलाई अमान्य हुने उनले बताए।