सूर्यविनायक नगरपालिका भित्रका विद्यालयहरुले व्यवसायिक शिक्षा दिने

1535

भक्तपुर । सूर्यविनायक नगरपालिका भित्रका निजी र सामुदायिक विद्यालयहरुले अब शिक्षलाई व्यवसायिक बताउने प्रतिबद्धता जनाएको छ । अहिलेसम्म शिक्षा व्यवसायिक नहुँदा धेरै शैक्षिक बेरोजगार उत्पादन भएकाले अब शिक्षालाई व्यवासायिक बनाउने नगरपालिको जनाएको छ ।
सूर्यविनायन नगरपालिकाले सोमवार शिक्षा बिद्, जनप्रतिनिधि, नगरपालिका भित्रका निजी र सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुसँग गरेको साक्षतकार नगरपालिकाले नगरभित्र भएको शिक्षालयहरुलाई क्रमिकरुपमा व्यवसायिक बनाउँदै लैजाने नगरपालिकाका प्रवक्ता उपेन्द्र केसीले जानकारी दिनुभयो ।
निजी र सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले स्थानीय सरकारले सहयोग हुने हो भने शिक्षालाई व्वसायिक बनाउन सकिने बताउनुभयो ।
शिक्षा विद् विद्यानाथ कोइरालाले शिक्षाले शैद्धान्ति ज्ञान मात्र नभइ व्यहारिक ज्ञान हुनुपर्ने भएकाले नगरपालिकाले शिक्षालाई व्यवसायिक बनाउँदै लैजान आग्रह गर्नुभयो ।
अर्का शिक्षा बिद् डा. खगेन्द्र ओझाले अब शिक्षालाई व्यवसायिक बनाउन हो भने साधन र स्रोतको दुःख नहुने स्पष्ट गर्नुभयो ।
शिक्षालाई व्यवसायिक बनाउनका लागि व्यक्तिको भावनामा परिवर्तन आउनुपर्नेमा जोड दिनुभयो उहाँले जबसम्म व्यक्तिको चिन्तनमा परिवर्तन आउँदैन तबसम्म शिक्षामा गुणस्तरीयता आउन नसक्ने भएकाले व्यक्तिको चिन्तमा नै परिवर्तन आउनुपर्छ । सोच र चिन्तनमा परिवर्तन हुने हो भने आर्थिक स्रोतको दुःख नहुने भन्दै उहाँले सर्वप्रथमः शिक्षा क्षेत्रमा लाग्ने व्यक्तिहरुको चिन्तमा परिवर्तन आउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सांसद महेश बस्नेतले सर्वसाधारणहरुले विकास निर्माणका कुरामा धेरै गुनासो राख्ने गरेको तर शिक्षाको बारेमा गुनासो नराख्दा उत्पादन मुखी नभएको बताउनुभयो ।
प्रदेश सांसद शशीजंग थापा, सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा, उपप्रमुख जुना बस्नेत, प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिना, नगरपालिकाको १० वटै वडाका वडाध्यक्षहरु, नगरपालिका भित्रका सामुदायिक र निजी विद्यालयका प्रधानाध्यापकहरुले शिक्षालाई व्यवसायिक बनाउने सबै सरोकारवालाहरुले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
सूर्यविनायक नगरपालिकाको गत पुसमा सम्पन्न नगरसभाले नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयहरुमा कक्षा ३ सम्म अङ्गे्रजी भाषामा पठन पाठन गर्ने निर्णय गरी कार्यान्वन गर्न लागेको छ ।