काठमाडौं । पुर्वराजा ज्ञानेन्द्र भारतको उडिसा राज्यस्थित श्री गोर्वद्धनम पुरीपीठका १ सय ४५ औं श्री मज्जद् गुरु शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीको पट्टाभिषेक (पञ्चविंशति वर्ष पुर्ति) महोत्सवमा भाग लिन यही माघ २२ गते भारततर्फ प्रस्थान गर्ने भएका छन् ।
नितान्त धार्मिक र आध्यात्मिक भ्रमणको उद्धेश्य रहेता पनि राजनीतिवृत्तमा भने पुर्वराजा ज्ञानेन्द्रको यो भ्रमणलाई अर्थपूर्णरुपमा हेरिएको छ । केही दिन अघि नेपालगञ्ज भ्रमणमा गएका पुर्व राजा ज्ञानेन्द्र भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसंग भेट गरेर फर्केका थिए । योगी आदित्यनाथ हिन्दु धर्मका कटट्र सर्मथक मानिन्छन ।