भक्तपुर । सहिद दिवसको अवसर पारेर समाजवाद अध्ययन केन्द्रले भक्तपुर अस्पताल र भक्तपुरमा नै अवस्थित क्यान्सर अस्पतालको सघन उपचार कक्षलाई व्हिल चियर उपहार दिने भएको छ ।
सहिदको सम्झना गर्दै समाजवाद अध्ययन केन्द्रले भक्तपुरमा रहेका दुई अस्पतालको सघन उपचार कक्षमा व्हिल चियर दिन लागेको केन्द्रका अध्यक्ष दुर्गा फुयालले जानकारी दिनुभयो ।
उहाँका अनुसार सहिदको सम्झना गर्दै समाजवाद अध्ययन केन्द्रले दुवै अस्पताललाई दुई दुई थान व्हिल चियर प्रदान गरिने छ ।







































