भक्तपुर । समाजवाद अध्ययन केन्द्रले सहिद दिवसको अबसरमा भक्तपुर अस्पताल र क्यान्सर अस्पतालमा व्हिलचियर प्रदान गरेको छ ।
अस्पतालमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेस केन्द्रिय सदस्य कमला पन्त , कांग्रेस पार्टी भक्तपुर सभापति दुर्लभ थापा , नेता राजाराम खड्का , रबिन्द्र प्रधान , उद्धब सिलवाल , किरण न्यौपाने , भक्तपुर अस्पताल बिकास समितिका अध्यक्ष प्रेमबहादुर खड्का , क्यान्सर अस्पतालका प्रशासन प्रमुख राजाराम तजले लगायत समाजसेवीहरुको उपस्तिथिमा केन्द्रले अस्पतालका लागि व्हिल चियर प्रदान गरेको हो ।
समाजवाद अध्ययन केन्द्रले भक्तपुर अस्पतालको सधन उपचार कक्षमा व्हिल चियर अभावका कारण भएको समस्या समाधान स्वरुप सहिद दिवसको अवसरमा प्रदान गर्नु एक उदाहरणीय कार्य भएको नेपाली काँग्रेसकी केन्द्रिय सदस्य कमला पन्तले बताउनुभयो ।
पन्तले यस्तो कार्यक्रम सबैले मिली गर्नु पर्ने भन्दै आफुलाइ यस कार्यक्रममा आउन पाउँदा धेरै खुशी लागेको बताउँदै विना ब्यानर र मन्तव्य रहित कार्यक्रम नमुना भएको पनि उहाँले बताउनुभयो ।
कार्यक्रम सफल बनाउने हात र मनहरुलाइ बिशेष धन्यवाद दिदै समाजवाद अध्ययन केन्द्रमा अध्यक्ष दुर्गा फुयालले आगामी दिनमा सामाजिक उत्तरदायित्वबाट समाज सेवामा लागि पर्ने पनि प्रण गर्नुभयो ।
केन्द्रले भक्तपुर अस्पताललाई र क्यान्सर अस्पताललाई दुई दुई थान व्हिल चियर प्रदान गरेको थियो ।