गजल

342

शालिक राम

सपनाहरु , धरहरा जस्तै भएछन् |
र मानिस पनि, चरा जस्तै भएछन् |

अचेल हेर्छु देसको हाल पनि
प्रियसिका , नखरा जस्तै भएछन् |

चुनाबको मुखमा नेता र जनता
फेरि पनि रुख र जरा जस्तै भएछन् |

तन बुढो तर मन बुढो छैन रे
मेरा काका , भमरा जस्तै भएछन् |

आजकल त यो बाटो हिड्न छाडियो
यताका केटि,अप्सरा जस्तै भएछन् |