ग्रामर स्कुलका तीनदर्जन स्काउट दिक्षित

363

काठमाडौं ।
कोटेश्वरस्थित ग्रामर पब्लिक स्कूल अन्र्तगतको ग्रामर स्काउट ट्रुपमा आवद्ध दोस्रो समूहका ३ दर्जन स्काउटलाई बुधबार स्काउट दिक्षा प्रदान गरिएको छ ।
नेपाल स्काउट केन्द्रीय तदर्थ समितिका सदस्य पुण्यराम गोथेको प्रमुख आतिथ्यमा भएको दिक्षान्त समारोहमा ग्रामर पव्लिक स्कुलका संस्थापक प्रिन्सिपल एवम् ग्रामर स्काउट इकाईका अध्यक्ष राजकुमार राईले स्काउटहरुलाई स्कार्फ वितरण गरे ।


यसअघि स्काउट शिक्षक शिवकुमार त्वायनाले विद्यार्थीहरुलाई स्काउट प्रतिज्ञा गराएका थिए । कार्यक्रममा केन्द्रीय सदस्य गोथे, संस्थापक प्रिन्सिपल राजकुमार राई, निर्देशक दिलेन्द्र राईले स्काउटलाई अनुशासित भएर आफ्नो लक्ष्य हासिल गर्न निर्देशन दिए । पहिलो समुहमा ट्रुपमा ३६ जना स्काउटले दिक्षा लिइसकेका छन् ।