ग्राण्डीको ‘प्रेमी जोडी स्वास्थ्य जाँच’ कार्यक्रम

361

बलराम प्यासी
काठमाडौं ।
प्रेमीले प्रेमीकालाई माया गर्ने ‘मुटु’ स्वस्थ र निरोगी राख्न मुटु परीक्षणलाई पहिलो प्राथमिकतामा राख्दै ग्राण्डी अन्र्तराष्ट्रिय अस्पताल, धापासीले विविध स्वास्थ्य परिक्षण सहितको प्याकेज ‘जोडी स्वास्थ्य जाँच’ सार्वजनिक गरेको छ । युवाअवस्थादेखि नै हृदयाघातका विरामी बढीरहेकोले सो कार्यक्रम अघि सारिएको अस्पतालले जनाएको छ ।
पश्चिमी मुलुकबाट नेपाल भित्रिएको छोटो समयमै चर्चित बनेको ‘प्रणय दिवस’ अर्थात भ्यालेन्टाइन डेको अवसरमा प्रेमीले प्रेमिकालाई या प्रेमिकाले प्रेमीलाई धेरै थरीका उपहार दिने गर्छन ।
यही मौका छोपेर सो अस्पतालले प्रेमी पे्रमिकालाई लक्षित गरी १३ हजार रुपैयाको प्याकेजमा स्वास्थ्य जाँचको प्याकेज शुरु गरेको हो ।
‘बुधबारदेखि भ्यालेन्टाइन सप्ताह शुरु भइसकेको हुनाले हामीले यो कार्यक्रम अघि सारेका हौं’—ग्राण्डी अस्पतालका सञ्चार तथा जनसम्पर्क व्यवस्थापक विनोद अधिकारीले भने ।
बुधबारदेखि खुल्ला गरिएको जोडी लक्षित ‘क्युपिड प्याकेज अफर’मा दुईजनामध्ये एकजनाले १३ हजार रुपैयाँ तिरेपछि एकजनाको स्वास्थ्य परीक्षण निःशुल्क गरिने व्यवस्था मिलाइएको अधिकारीले बताएका छन ।
अस्पतालको ‘वेलनेस सेन्टर’मा बुधबारदेखि शुरु गरिएको प्याकेज यो महिनाभर अर्थात २८ फेब्रुअरीसम्म लागु गरिने अस्पतालले जनाएको छ । प्याकेजमा वरिष्ठ (कन्सल्टेण्ट) डाक्टरसंग स्वास्थ्य परिक्षणको साथै छातीकोे एक्सरे,मुटु परिक्षणसंग सम्वन्धित इको, इसिजी, टिएमटि, बिएमडि र प्रयोगशाला सम्वन्धि सम्पूर्ण जाँच समावेश गरिएको छ ।
सम्पूर्ण स्वास्थ्य उपचार सेवाको लागि पूर्ण गन्तव्यको रुपमा रहेको अस्पतालको वेलनेस सेन्टरले आधारभूत स्वास्थ्य जाँच, वृहत स्वास्थ्य जाँच, कार्यकारी स्वास्थ्य जाँचलगायत मुटु स्वास्थ्य, मिर्गाैला तथा डायबिटिज जाँच, वाल तथा महिला स्वास्थ्य जाँच, जेष्ठ नागरिक स्वास्थ्य जाँच र सुरक्षात्मक स्वास्थ्य जाँच प्याकेज पनि सञ्चालनमा रहेको जनसम्पर्क व्यवस्थापक विनोद अधिकारीले बताए ।
व्यवस्थापक अधिकारीका अनुसार अस्पतालले गतवर्ष लागु गरेको ‘भ्यालेन्टाइन हेल्थ प्याकेज अफर’मा एक हजारभन्दा बढी जोडीले स्वास्थ्य जाँच गराएका थिए ।