१ संस्कृत
संस्कृत संसारकै सबैभन्दा पूरानो भाषा हो । संस्कृत भाषाबाटै अरु भाषाहरुको समेत विकास भएको हो भन्ने मान्यता छ । संस्कृत भाषालाई देव भाषा पनि मान्निछ । हरेक विश्वविद्यालय र शिक्षण संस्थाहरु संस्कृतलाई प्राचिन भाषाका साथै अरु भाषाहरु पनि कुनै न कुनै प्रकारले संस्कृत भाषाका शब्दहरु मिसिएको छ ।
संस्कृत भाषा ईसा ५ हजार पहिलेदेखि नै बोलिन्थे । आजभोलि संस्कृत भाषा बोलीचालीका रुपमा प्रयोग नभई पूजापाठहरुमा मात्र सीमित भएको छ । संस्कृत हिन्दु धर्मका हरेक पूजापाठ र वेद, ग्रन्थसँग जोडिएको छ । संसारकै पूरानो भाषा संस्कृत भाषा लोप हुने अवस्थामा पुग्न लागेको छ । नेपाल र भारतमा थोरै मात्र मानिसहरुले यो भाषाको प्रयोग गर्दछन् ।
२ ल्याटिन
ल्याटिन प्राचिन रोमन साम्राज्य र रोमन धर्मको राज्य भाषा हो । हालको समयमा ल्याटिन भाषा रोमन कैथोलिक चर्चको धर्म भाषा र भ्याटिकन सिटीको राज्यभाषाका रुपमा रहेको छ । संस्कृतको जस्तै यो पनि एक शास्त्रीय भाषा हो । ल्याटिन हिन्दु–यूरोपीय भाषा परिवारको रोमांस शाखामा पर्दछ ।
यसै भाषाबाट फ्रांसिसी, इतालवी, स्पेनिस, रोमानिया, पोर्चुगालीका वर्तमान भाषाको लोकप्रिय भाषा अंग्रेजी पनि यसै भाषाबाट आएका उपभाषाहरु हुन । यूरोपमा इसाई धर्मको सुरुवता हुनुभन्दा अगाडि मध्ययुगीन र पूर्व आधुनिक कालमा ल्याटिन भाषा यूरोपको अन्तराष्ट्रिय भाषा थियो । जुन समयमा धर्म, विज्ञान, उच्च साहित्य, दर्शन र गणितका कितावहरु यहि भाषामा लेखिन्थियो ।
३ तामिल
द्रविड परिवारको भाषा परिवारको सबैभन्दा पुरानो भाषा तमिल भाषा हो । करिब ५ हजार बर्ष पहिलै देखि यो भाषाको प्रयोग भएको देख्न सकिन्छ । एउटा सर्वेक्षणका अनुसार हरेकदिन तमिल भाषामा १ हजार ८ सय ६३ अखाबरहरु प्रकाशित हुन्छ । वर्तमान समयमा पनि लगभग ७.७ करोड मानिसहरुले तमिल भाषा बोल्छन् । यो भाषा भारत, श्रीलङ्का, मलेशिया र सिंगापुरमा बोलिन्छ ।
४ हिब्रु
हिब्रु सामी – हामी भाषा परिवारको सामी शाखामा पर्दछ । यो भाषा लगभग ३ हजार वर्ष पूरानो भाषा हो । अहिलेको समयमा यो इजरायलको राज्यभाषा हो । यसलाई यहूदी समूदायमा पवित्रा भाषा मान्निछ र बाइबलको पूरानो नियम यसै भाषामा लेखिएको छ । यो भाषा इव्रानी लिपीमा लेखिन्छ । यो भाषालाई दाँयाबाट बाँयातिर लेखिन्छ भने पढ्दा पनि त्यसै गरी पढिन्छ । प्रथम विश्वयुद्धपछि फिलिस्तीनको राज्यभाषा पनि आधुनिक इव्रानी भाषा रहेको छ ।
५ इजिप्टियन
इजिप्टियन भाषा मिश्र भाषाको सबैभन्दा पूरानो ज्ञात भाषा हो । यो भाषा एफ्रो– एशियाई भाषा परिवारबाट हो । यो भाषा ईसा २ हजार ६ सय देखि २ हजारको बीचमा बोलिन्थो । अहिलेको समयमा पनि यो भाषा जीवित छ ।
६ ग्रिक
यूरोपको सबैभन्दा पूरानो भाषा हो ग्रीक भाषा । ईसा १ हजार ५० सय पहिलो देखि बोलिन्थे । अहिलेको समयमा ग्रिक भाषा ग्रिस, अल्बानिया र साइप्रसमा प्रयोग गरिन्थो । वर्तमान समयमा १३ मिलियन मानिसहरुले गी्रक भाषाको प्रयोग गर्दछन् ।
७ चिनियाँ भाषा
चिनियाँ भाषा संसारमा सबैभन्दा धेरै प्रयोग हुने भाषा हो । चीन र पूर्वी एसियाका केही देशहरुमा यो भाषाको प्रयोग गरिन्छ । यो भाषा चिनियाँ – तिब्बती भाषा परिवारको भाषा हो । यो भाषा ईसाको आगमनभन्दा पनि १२ सय वर्ष पूरानो भाषा हो । १.२ विलियन मानिसहरु चिनियाँ भाषाको प्रयोग गर्ने गर्दछन् ।
८ अरेबिक
अरेबिक भाषा हिब्रु र अरेबिक भाषामा मिली सकेको छ । पहिलो यो भाषा आर्मेनियाई गणराज्यको आधिकारिक भाषा थियो । यो भाषा ईसा हजार वर्ष पहिलोको सम्म मात्रा प्रमाणहरु मिलेको छ । इराक, इरान, सिरिया, इजरायल, लेबनान र आधुनिक रोममा अहिले पनि अरेबिक भाषाको प्रयोग गरिन्छ ।
९ कोरियन
कोरियन भाषाको उत्पत्ती आजभन्दा ६ सय ईसापूर्व भएको हो । अहिले पनि ८ करोड मानिसहरु कोरियन भाषा बोल्छन् । कोरियन भाषाको लिपी हंगुल हो । प्राचिन समयमा चिनियाँहरु कोरियामा गएर बसेका हुँदा कोरिया भाषा चिनियाँ भाषासँग मिल्दोजुल्दो हुन्छ ।
१० अर्मेनियन
आर्मेनियन भाषा भारतीय – यूरोपिया भाषाको एउटा भाग हो । यो भाषा आर्मेनिका मानिसहरुले प्रयोग गर्थे । पाँचौ शताब्दिमा लेखिएको बाइबल यहिँ भाषामा लेखिएको सबैभन्दा पुरानो प्रख्यात ग्रन्थ पनि हो । यो भाषाको उत्पति ईसा पूर्व ४ सय ५० बर्ष अहि भएको हो । अहिलेको समयमा ५ प्रतिशत मानिसहरु यस भाषाको प्रयोग गर्छन् । यो भाषा मेसोपोटामिया तथा काँकसका मध्यवर्ती क्षेत्र सागरको दक्षिणी पूर्वी प्रदेशमा बोलिन्छ । यो भाषा अर्मेनिया गणतन्त्रको राज्य भाषा हो ।