काठमाडौं ।
पुर्वराजा ज्ञानेन्द्र शाहले ‘सीमित व्यक्तिहरुको स्वार्थ रक्षालाई नै प्रजातन्त्रका रुपमा जनताले कहिलेसम्म आत्मसात् गरिदिनुपर्ने हो’ भनेर प्रश्न गरेका छन् ।
प्रजातन्त्र दिवसको अवसर ७ फागुनमा एक शुभकामना वक्तव्य मार्फत पुर्वराजा शाहले प्रश्न गरेका छन—‘कानुनी राज एवम् सुशासनको प्रत्याभूति दिलाउन नखोज्ने अवस्थालाई नेपाली जनताले कहिलेसम्म वेहोरिरहनुपर्ने हो?’
‘देशको राष्ट्रियता, राष्ट्रिय एकता र सार्वभौमिकतालाई सवल तुल्याउँदै जनताको सर्वाेपरि हीतलाई केन्द्रमा राखेर व्यवहारमा राखेर गर्ने व्यवहार मात्रै प्रजातान्त्रिक व्यवस्था हुनसक्छ’ पुर्वराजा शाहले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
‘प्रजातन्त्र भनेको निर्वाचनको आयोजना मात्रै हो भन्ने भ्रम राख्न नहुने’ भनेर पुर्वराजा शाहले चुनाव सम्पन्न गराएर केहीदिनअघि सरकारबाट वाहिरिएको देउवा सरकार र केहीदिन अघिदेखि सरकारमा गएको ओली सरकार दुवैलाई लक्षित गर्दै भनेका छन् ।
सन्देशमा पुर्वराजा शाहले २०६३ साल बैशाख ११ गते आफुमा नीहित राजकीय सत्ताको प्रयोग गरि भएको राजनीतिक परिवर्तनपछिको दशकमा देश र जनताको हितप्रति संवेदनशिल एवम जिम्मेवार व्यवहार प्रस्तुत भईरहेको छ या अझै केन्द्रित सोचको पासोमा देशको राजनीति अल्झिएको छ, त्यसको समिक्षा गर्ने समय आएको पनि उल्लेख गरेका छन् ।
प्रजातन्त्रमा सबैले सम्मानित महसुस गर्छन भन्ने विश्वव्यापी मान्यता रहेको उल्लेख गर्दै पुर्वराजाले तर प्रजातन्त्रलाई संस्थागत गर्ने या समस्याहरुको समाधान खोज्ने क्रममा भएका कुनैपनि राजनैतिक सम्झौता, सहमति या समझदारीमा देशको गौरव बढाउने विषयले किन प्राथमिकता नपाएको वर्तमान समयमा जनताको प्रश्न उव्जिएको बताएका छन् ।