काँग्रेसले देशलाई आर्थिक कङ्गाल बनाएर सत्ता छोड्यो : गुरुङ

244

भक्तपुर । माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा सदस्य देब गुरुङले देशलाई आर्थिक रुपमा कङ्गाल बनाएर काँग्रेसले सत्ता छाडेको आरोप लगाउनु भएको छ ।
रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले निर्वाचन पछि पराजय भोगेको कामचलाउ सरकारले दुरगार्मी असर पार्ने निर्णय गर्दै देशलाई आर्थिक रुपमा कङ्गाल पारेको आरोप लगाउनु भएको हो । उहाँले बिगतमा पाँच अरब भन्दा बढी रकम जम्मा हुने यो समयमा पनि एक अरब रकम घाटामा भएको उल्लेख गर्नुभयो ।
उहाँले आईतवारसम्म मन्त्रीमण्डलले पूर्णता पाउने बताउनुभयो । माओवादी केन्द्रका तर्फबाट रामबहादुर थापा बादलको नेतृत्वमा सरकारमा जाने र आफूलाई पार्टीले मन्त्री बनाए पाएको जिम्मेवारी पुरा गर्ने उहाँले बताउनु भयो ।
गठबन्धनको सरकार दिर्घकालीन नहुने अवस्था देखिएको उहाँको बुझाई छ । जनादेश समेत पार्टी एकताको पक्षमा रहेको अबस्थालाई मध्यनजर गर्दै केही भ्रामक आवाज उठेपनि पार्टी तत्काल सरकारमा सहभागी जनाउँने उहाँले बताउनुभयो ।
अबको १५ दिनभित्र दुई पार्टी एकताले पूर्णता पाउने उहाँले बताउनु भयो । दलहरुबीच निषेधकोे राजनीतिकले तिब्रता पाएको उहााले बताउनुभयो । उहाँले राष्ट्र र राष्ट्रियताको बिषयमा पक्षप्रतिपक्ष नभएर बामगठबन्धन र काँग्रेस एक ठाउँमा उभिने बताउनु भयो ।
सरकारमा मधेशबादी दल समेत समाबेश हुन सक्ने वाताबरण तयार भइरहेको उहाँले बताउनुभयो । उहाँले जनअपेक्षा र समयको माग अनुसार संबिधान संसोधन समेत गर्नं सकिने बताउनु भयो ।
नेपालमा बैदेशिक हस्तक्षेप प्रत्यक्ष नभई आर्थिक हिसाबले तीब्र बढिरहेको प्रति संकेत गर्दै उहाँले बिदेशीले सरकारका हरेक निर्णय र नीतिहरु आफ्नो पक्षमा पार्न प्रयत्न गर्दै आइरहेकोले अबको सरकार यस बषियमा गम्भीर हुनुपर्ने बताउनुभयो । देश संघियतामा प्रवेश गरिसेको र प्रान्तको आर्थिक भार धान्न अप्ठेरो अवस्था देखिएको उहाँले उल्लेख गर्नुभयो