एभरेस्टमा चिनीँया दिवस

283

भक्तपुर । एभरेस्ट इंगलिस स्कुल मिवाछेंमा विभिन्न कार्यक्रमको आयोजना गरि छैंठौं चिनिया दिवस मनाइयो । चिनीया सांस्कृतिक केन्द्रका निर्देशक यीन कुन— सङ्गको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले चिनीया भाषा, शिक्षा, संस्कृति, रहनसहन लगायत झल्किने फोटो प्रदर्शनी, ड्रागन तथा चिनीया गीत, संगीत र नृत्यहरु प्रस्तुत गरे ।


त्यस अवसरमा एभरेस्ट इंगलिस स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले नेपाल र चीनविचको मित्रतालाई सुमधुर बनाउन विद्यालयले विगत ९ वर्षदेखि चिनियाँ भाषा अध्यापन कार्य शुरु गरेको र हाल विद्यालयका ५ देखि ७ सम्मका २ सयभन्दा बढी विद्यार्थीले चीनीया भाषा पढीरहेको बताउनुभयो ।
भारतसंग जस्तै चीनसंग पनि समान मैत्री भावको विकासको लागि जनस्तरबाटनै भाषा ज्ञान हुनुपर्छ भन्ने मान्यतालाई आधार मानेर विद्यालयमा चिनीयाँ भाषाको अध्यापन शुरु गरिएको र हालसम्म चिनीया स्वयमसेवक शिक्षकहरुबाट त्यसको लागि सहयोग भइरहेको बताउनुभयो ।


नेपाल र चीनका जनतावीच सामाजिक, आर्थिक, शैक्षिक, राजनैतिक र सांस्कृतिक आदान प्रदानको लागि जोडन भाषा नै पहिलो आधार रहेको बताउँदै संस्थापक प्रिन्सिपल राजभण्डारीले भक्तपुरमा पहिलोपटक एभरेस्ट स्कुलमा चिनीया भाषा कक्षा शुरु गरेपछि अहिले भक्तपुरका अन्य विद्यालयले पनि चिनीया भाषा कक्षा सञ्चालन गरेकोमा खुसी व्यक्त गर्नुभयो ।


चिनीया सांस्कृतिक केन्द्रका निर्देशक यीन कुन—सङ्गले नेपाल र चीनवीचको सम्वनधलाई सुमधुर बनाउन एभरेस्ट इंगलिस स्कुलले पुर्याएको योगदानको चर्चा गर्दै नेपालस्थित चिनिया राजदूतावासदेखि चिनिया सांस्कृतिक केन्द्रले विभन्नि समयमा आयोजना गरेका चिनियिा भाषाको भाषण या वक्तयत्वकला प्रतियोगितामा एभरेस्ट स्कुलका विद्यार्थीहरुले निरन्तर सहभागिता जनाउँदै आएको बताउनुभयो ।
त्यस अवसरमा चाइनिज भोलुन्टर टिचस होमका सुपरभाइजर लिउ युन हाइले पनि नेपाल र चीनवीचको सम्वन्ध सुधार्न विद्यार्थी र शिक्षकहरुको भूमिका बारे प्रकाश पार्नुभयो । कार्यक्रममा नेपाल चाइना कल्चर एण्ड एजुकेशनल काउन्सिलका अध्यक्ष हरिश चन्द्र शाहले पनि बोल्नुभएको थियो ।


कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले चिनीया सांस्कृतिक केन्द्रका निर्देशक यीन कुन—सङ्गलाई विद्यालयको तर्फबाट भक्तपुरको मयुर झ्यालको प्रतिकृति उपहार दिनुभएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले चनियाँ भाषाको गीत, नृत्य तथा नाटक प्रस्तुत गरेका थिए ।