पवन प्रकृतिका नृत्य आइडल ‘अञ्जली र मानषि’

437

ललितपुर । महालक्ष्मी नगरपालिका इमाडोलस्थित पवनप्रकृति इंगलिस सेकेण्डरी स्कुलले पहिलोपटक आयोजना गरेको ‘पहिलो पवन प्रकृति नृत्य आइडल २०७४’ को टाइटल जुनियरतर्फ मानषि सिंह र सिनीयरतर्फ अञ्जली राईले जितेकी छिन ।
दुई दर्जनभन्दा बढी विद्यार्थी सहभागी भएको सो प्रतियेगितामा जुनियरतर्फ अश्विनी खड्का फस्र्ट रनर अप र रस्सु राई सेकेण्ड रनरअप भएका थिए भने सिनीयरतर्फ सुमना माझि फस्र्ट रनर अप तथा प्रिया राई सेकेण्ड रनरअप भएका थिए ।


वरिष्ठ संगीतकार एव्म प्राज्ञ शान्तिराम राई प्रमुख निर्णायक र कोरियोग्राफर तथा नायीका निशा पोमो र विद्यालयका नृत्य शिक्षक दिलिप महर्जन निर्णयक रहेको सो प्रतियोगिताका विजयी विद्यार्थीलाई महालक्ष्मी नगरापलिकाको शिक्षा विभागका प्रमुख मित्रप्रसाद काफ्ले, विद्यालयका स्रोत व्यक्ति राजेन्द्र विक्रम कार्की, पवनप्रकृति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विज्ञानदेव राई, विद्यालयका प्रिन्सिपल उत्तरकुमार राई तथा प्रमुख निर्मार्णय शान्तिराम राईले टीका लगाइदिनुका साथै नगद, ट्रफि र प्रमाणपत्र वाँडेका थिए ।


पहिलो हुनेलाई जनही २ हजार नगद, दोस्रो हुनेलाई जनही १ हजार ५०० र तेस्रो हुनेलाई जनही ५ सय रुपैया पुरस्कार दिइएको थियो ।
त्यस अवसरमा राम्रो नृत्य प्रस्तुत गरेका स्मृति राई, शिल्वन बराल, रिजन गुरुंग, अमिशा तामांग र रस्ना श्रेष्ठलाई पनि नगदका साथै उपहार दिइएको थियो ।
विद्यालयको अतिरिक्त कृयाकलाप शिक्षक इन्द्र पौडेलको संयोजकत्वमा सम्पन्न कार्यक्रममा शिक्षक महेश पुरीले कार्यक्रम सञ्चालन गरेका थिए ।