भक्तपुरका बिद्यार्थी कुलतमा

310

भक्तपुर । अभिभावकले आफ्ना बालबालिकालाई अध्ययनका लागि विद्यालयरकलेज पठाउने गरेता पनि आजभोली कतिपय बालबालिकाहरू विद्यालय÷कलेज जाने नाममा लागू औषध सेवन गर्ने गरेको तथ्य सार्वजनिक हुँदै आएको छ ।
भक्तपुर सानो जिल्ला भए पनि भक्तपुरका कतिपय विद्यालय÷कलेजमा पनि त्यस्ता विकृतिजन्य क्रियाकलापमा विद्यालयरकलेजका बालबालिकाहरू प्रत्यक्ष रुपमा सहभागी हुने गर्दा अभिभावकहरू भने चिन्तित हुने गरेका छन् ।

साना कलिला १४ देखि १७ वर्ष उमेर समूहको स्कूले बालबालिकाहरू प्रत्यक्ष रुपमा नै लागू औषध सेवनमा लाग्दा पढ्नका लागि पठाएका अभिभावकहरू ज्यादै चिन्तित हुने गरेका हुन् । पढ्नका लागि भन्दै जाने बालबालिकाहरू यसरी सिधै लागू औषध सेवनमा लाग्नु स्वयम् बालबालिका अभिभावक र शिक्षकका लागि पनि हितकर छैन तर पनि अधिकांश विद्यालयरकलेजस्तरीय बालबालिका लागू औषध सेवनमा लाग्नु चाँही सरोकारवाला सबैका लागि दुुर्भाग्य भएको अभिभावकहरूको भनाइ छ ।
बालबालिका पढ्नका लागि भन्दै विद्यालयरकलेज जानेक्रममा सिधै लागू औषध सेवनमा लाग्ने गरेको आफूले पटक पटक देखेको र आफूले ती बालबालिकालाई सम्झाउँदा पनि नमान्ने गरेको भक्तपुर दधिकोटका अभिभावक सन्तोष लामा गुनासो गर्छन् ।
आजभोलिको शिक्षामा नैतिकता हराएकाले पनि अधिकांश बालबालिकाहरू लागू औषध सेवनमा लाग्ने गरेको भन्दै उनले यस्तो विकृतिको अन्त्य गर्नका लागि विद्यालयरकलेजबाट नै बालबालिकालाई सचेत गराउनुपर्छ । अभिभावकका कुरा बालबालिकाले नखाने भएकाले पनि बिग्रन लागेका बालबालिकालाई सुधार गर्न विशेष अभियान सञ्चालन गर्नुभन्ने तर्क गर्दै लामाले त्यस्ता क्रियाकलापमा आफ्नो साथ र सहयोग रहने बताए ।
भक्तपुर अभिभावक संघका एक सदस्यले भने कतिपय बालबालिकाहरू लागू औषध सेवनमा त फसेका छन् नै आर्थिक अभावले गर्दा यौनजन्य क्रियाकलापमासमेत प्रत्यक्ष संलग्न हुने गरेको आफूले देखेको अनुभव सुनाउँदै यो कार्य आजभोली तिव्रगतिमा बढ्दै गएको बताए ।
अर्का अभिभावक सुशील कोजूले भने आजका विद्यार्थी भोलिका देशका मेरुदण्ड भन्ने भनाइको खिल्ली उडाउँदै कुलतमा फसेका विद्यार्थीहरूको संख्या बढ्दै गएकाले अभिभावक र सरोकारवाला पक्षहरू समयमै सजक हुनुपर्ने देखिन्छ । यो समस्या दिनप्रतिदिन विकराल बन्दै गएकाले सयममै न्यूनिकरण गर्न नसके महारोगको रुपमा फैलँदै जानेमा चिन्ता प्रकट गरे ।
नेपाल औषधी वाग्मती व्यवसायी संघका एक सदस्य भन्छन्, विद्यालयरकलेजका बालबालिका प्रत्यक्षरुपमा लागू औषध सेवनमा बढ्दो अवस्था देखापरेको छ । नेपालमा लागू औषध खुल्ला सिमानाका कारण सहजै भित्रिने गरेकाले भक्तपुर समेत यसको प्रभावमा परेको छ । पछिल्लो समयमा लागू औषध सेवनकर्ताहरूको संख्या बढ्दै गएको छ । यसतर्फ सरोकारवाला निकायले बेलैमा ध्यान दिन नसके यो समस्या समाजका लागि जटिल बन्दै जानेछ ।
अर्का अभिभावक राकेश श्रेष्ठ बताउँछन्, जिल्ला शिक्षा कार्यालयले यस्ता विकृतिको खासै अनुगमन नगरेकाले यी घटनाहरू बाहिर आउन नसकेको हो, साँच्चिकै जिल्ला शिक्षाले अनुगमनलाई तिव्रता दिने हो भने यी घटना छताछुल्ल हुनेछन् ।
सबै अभिभावकले बालबालिका विद्यालयरकलेजलाई जिम्मा लगाएकाले विद्यालयरकलेज अवधिभरमा कुन विद्यार्थीले के गर्दै छ भन्ने जानकारी राख्ने काम विद्यालयरकलेजको भएकाले बालबालिका प्रत्यक्ष रुपमा लागू औषध सेवनमा लाग्नुको जिम्मेवार पनि विद्यालयरकलेज नै हुने बताए ।
विद्यालयरकलेजको काम विद्यार्थीहरूलाई पढाउने मात्र नभएर अनुशासनहीनता र विकृतिबाट रोक्नु पनि हो तर अहिले विद्यालयरकलेजहरूले भने सिधै पढाउने कार्यलाई मात्र आफ्नो उद्देश्य देखेकाले यी समस्या आउन थालेको हो । विद्यालयका बाललिकाहरू प्रत्यक्ष रुपमा लागू औषध र अश्लिल क्रियाकलापमा संलग्न भएको आफूहरूले नदेखेको महानगरिय प्रहरी परिसर भक्तपुरले जनाएको छ । यदाकदा ती समस्या भए पनि बाहिर प्रचारमा आए जस्तो बालबालिकाहरू प्रत्यक्ष रुपमा लागू औषध र अश्लिल क्रियाकलापमा नलागेको परिसरले दाबी गरेको छ । आगामी दिनमा यस्ता घटनालाई न्यूनिकरण गर्न प्रहरीको तर्फबाट सक्दो प्रयास गर्ने प्रहरीले जनाएको छ ।