टलक थापा (थकित)
कति रुन्छौ तिमी एक्लै दुबै संगै रुन पाए
जीवन भरी सधै(सधै तिम्रै साथ हुन पाए।
उद्धेश्य त ठुलै लिनु सफलता पाउनलाई
भने जस्तै लक्ष्मी दाईले चन्द्रलाई छुन पाए।
रुनै परे जिन्दगीमा तिम्रै काखमा रोएर
मन भित्रका पीडाहरु आँशु बगाई धुन पाए।
फूल सम्झि टप्प टिपी सिरैमा यो लाउनलाई
खै कस्तो हुन्थ्यो होला आकाशको जुन पाए।