छिनभरको सनकले ४२ महिनामा २,१६४ को हत्या, कहिले कति हत्या ?

425

काठमाडौँ- देशमा साढे तीन वर्षमा दुई हजार १६४ ले छिनभरको सनकका  कारण अनाहकमा ज्यान गुमाएका छन् ।

नेपाल प्रहरीको तथ्यांकलाई विश्लेषण गर्दा प्रत्येक दिन दुईजनाको ज्यान यसैगरी जाने गरेको देखिन्छ ।

प्रहरी प्रवक्ता डिआइजी मनोज नेउपानेले क्षणिक आवेग नियन्त्रण नहुँदा हुने हत्या तुलनात्मक रूपमा बढेको बताए ।

उनले भने, ‘गत तीन वर्षमा दुई हजारभन्दा धेरैको हत्या भएको छ । यी घटना अधिकांश क्षणिक आवेगकै कारण भएका देखिन्छन् ।’

यस अवधिमा सबैभन्दा धेरै हत्या आर्थिक वर्ष ०७२/७३ मा देशभर ६ सय २७ को हत्या भएको थियो । त्यसपछि ०७३/७४ मा धेरै ६ सय १६ को हत्या भयो ।

आर्थिक वर्ष ०७१–७२ मा भने ६ सय आठजनाको हत्या भएको थियो । चालू आर्थिक वर्षको ६ महिनामा तीन सय १३ जनाको हत्या भएको छ । नयाँ पत्रिकामा खबर छ |

कहिले कति हत्या ?
०७१/७२ : ६०८
०७२/७३ : ६२७
०७३/७४ : ६१६
पछिल्लो ६ महिना : ३१३
जम्मा हत्या २,१६४