सायद तिमी बलवान् छौ

472

सायद तिमी बलवान् छौ
नजिक बाट चिहाएको
छैनौ,मृत्यु लाई! तिमी
मर्नु पर्ने छैन,अजर र अमर
ठान्छौ आफुलाई!

कति भयावह छ यो मृत्यु
अझै भयाबह छ त्यो मुटुको
टुक्रा टुक्रिदाको पल!त्यो
आवाज त्यो गडगडाहट
हो मैले पनि भोगेको छु
देखेको छु नजिक बाट
मृत्यु कस्तो हुन्छ,अनि मुटु
का टुक्रा टुक्रिदा को पल
कस्तो हुन्छ?

हो म काँपेको
छु आज ती निर्दोष
बालबालिका को हत्या हुदा
कठै काँपेन तिम्रो हात!
किन के पाउन खोज्दैछौ
यी निहत्था वृद्ध र बालबालिका
नासेर? के पाउनेछौ तिमी ले??

बिश्व शान्ती सन्धी कहाँ छ
कुन्नी? कहाँ छन बुद्धका
चेलाहरु? आउ सन्देश देउ
शान्तीको! रोकौ यो हत्या
हिंसा र निहत्था माथी को दमन!!
#save the #children
#stop violence
#Stop war……
#pray for syria

सिर्जु शाह