डा.पन्थीलाई बंगलादेशको प्रधानमन्त्री स्वर्ण पदक

296

काठमाडौं ।
ग्राण्डी अन्र्तराष्ट्रिय अस्पताल धापासीको महुमेह, थाइराइड तथा हर्माेन सम्वन्धी रोगका विशेषज्ञ डा.सन्देश पन्थीलाई बंगलादेशको प्रशिद्ध प्रधानमन्त्री स्वर्ण पदक प्रदान गरिएको छ ।
बंगलादेशको सरकारी मेडिकल विश्वविद्यालय बंगबन्धु शेख मुजिब मेडिकल विश्वविद्यालयबाट एण्डोक्राइनोलोजि एण्ड मेटाबोलिज्म (डायबेटिज, थाइराइड तथा हर्माेनरोगमा मात्रै नभई समग्र मेडिसिन फयाकल्टीमा नै सर्वाधिक अंक हासिल गरेकाले डा.पन्थीलाई सो स्वर्णपदक प्रदान गरिएको हो । डा.पन्थीले सो विश्वविद्यालयमा ५ वर्षे एमडि तहको पढाइ सन् २०१६ मा पुरा गरेका थिए ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले बंगलबादेशको प्रधानमन्त्री कार्यालयमा गत आइतबार डा.पन्थीलाई प्रधानमन्त्री स्वर्ण पदक प्रदान गरेको ग्राण्डी अस्पतालले जनाएको छ ।