चिकित्सक लाइसेन्सको परीक्षा १७ चैतमा

228

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले यसवर्षको चिकित्सकको लाइसेन्सको परीक्षा १७ चैतमा गर्ने भएको छ ।

सो परीक्षाको लागि सरकारको स्विकृति प्राप्त मेडिकल कलेजबाट आधारभूत शैक्षिक कार्यक्रम (एमबिबिएस या बि.डि.एस) उतिर्ण गरि सम्वन्धित अस्पतालमा कम्तिमा ६ महिना इन्र्टनशिप (प्रयोगात्मक कार्य) अनिवार्य पुरा गरेको चिकित्सकले मात्रै दर्ता परीक्षा दिन पाउने काउन्सिलले जनाएको छ ।

परीक्षार्थीको सुविधाको लागि काउन्सिलले गतवर्षको झैं यो वर्ष पनि अनलाईन परीक्षा फारमा भर्ने व्यवस्था मिलाएको जनाएको छ ।