काठमाडौं । विगत केही दिनदेखि सिरीयामा भइरहेको गृहयुद्ध र रुसको समर्थनमा सरकारी सेनाले गरेको आक्रमणमा परि साना केटाकेटी र विद्यार्थीको अकालमा ज्यान गएकोमा र केटाकेटी घाइते तथा अंगभंग हुन थालेपछि नेपाली विद्यार्थीले सो घटनाप्रति चासो र दुख व्यक्त गर्न थालेका छन् ।
शान्तिनगरस्थित बेबिलोन नेशनल स्कुलका विद्यार्थीले सिरीया घटनाप्रति चासो राखेर सिरीया सरकार र संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराउँदै तत्कालै सिरीया युद्ध बन्द गर्न दवाव दिएका छन ।
उनीहरले प्लेकार्डमा त्यस युद्धमा परि अकालमा मृत्यु भएका र घाइते भएका केटाकेटीको तस्वीर राखेर विद्यालय हातामै मौन र सभ्य प्रर्दशन गरेका थिए ।