ट्रिटन स्कूलको १७ औं वार्षिकोत्सव

527

ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कूल सुविधानगरको १७ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ साहित्यकार एवम लेखक प्रा.डा.कुमार कोइरालाको प्रमुख आतिथ्यमा मनाइयो ।

कार्यक्रममा वर्षभरिमा उत्कृष्ट शिक्षक मन्दिरा खड्का र कक्षा ९ की छात्रा स्वेच्क्षा दत्त वर्ष विद्यार्थीको रुपमा सम्मानित भईन । यसैगरी नियमित विद्यार्थीमा झरना कुँवर, अनुशासित विद्यार्थीमा आदित्य खत्री र क्रिजल शाक्य, सुन्दर तथा सफा विद्यार्थीमा स्वीकृति अवस्थी र रुपक के.सी, मेहेनती तथा क्रियाशील विद्यार्थीमा सुशान्त बानिँया, राम्रो हस्तलेखनमा रिया कुमाल तथा शिक्षिका थापा मगर, चित्रकलामा विकास माझी, वाद्यवादन तथा गायनमा रश्मी पन्थ र शुसान देऊला, नृत्यमा करिशा घिमिरे उत्कृष्ट बनिन् ।

यसैगरी घोड चढीमा अजय सिंह र अभिषेक थापा तथा पौडीमा अनुज भण्डारी र धिरेन्द्र शाही उत्कृष्ट भए ।
उनीहरुलाई डि.भि समुहका संस्थापक एवम् ट्रिटन स्कुल÷कलेजका निर्देशक विश्वनाथ प्रसाद शाहले पुरस्कार वितरण गरेका थिए ।


कार्यक्रममा नृत्य, गायन, वाद्यवादन, नाटक, साना कक्षा (यु.के.जी) का विद्र्यीको ग्र्याजुएशन कार्यक्रमसहित २६ वटा कार्यक्रम समावेश थियो ।

आमाको मुख हेर्ने देखि भानु जयन्ती, तीज, कृष्ण जन्माष्टमी, दशै, तिहार, क्रिसमस, हजुरबा हजुरआमा दिवस खेलकुद सप्ताह तथा अभिभावक दिवसका अलावा पनि समाजमा योगदान पुग्ने खालका थुप्रै कार्यक्रम सञ्चालन गरेको स्कूलका निर्देशक राजन सुवेदीले बताए ।
त्यस अवसरमा समाजसेवी तथा पूर्व प्रशासक शशिविक्रम राणा, एकिकृत उपभोक्ता संघका अध्यक्ष मदन शिवाकोटी, ट्रिटन स्कूल तथा कलेजका प्रिन्सिपल प्रा.डा.विहारी विनोद पोखरेल, हेक्जागन प्रोजेक्ट अमेरिकाका नेपाल संयोजक हरि पथिक, अभिभावक प्रतिनिधि दिपक के.सी, महानगरीय प्रहरी वृत्तका बानेश्वरका निरीक्षक बिबि राई, गीतकार शान्ति शर्मा तथा श्रोत व्यक्ति राजन थापालगायतले बोलेका थिए ।