भक्तपुर । बुद्द नेपालमा जन्मेका हुन् भन्ने नाराका साथ सगरमाथा आरोहण गर्न लागेकी शर्मिला स्याङतान सहयोगार्थ बृहत ल्होछार साँस्कृतिक धमाका २०७४ को सम्पुर्ण तयारी सम्पन्न भएको छ ।
भक्तपुरको सुर्यविनायक स्थित अजिमा पार्टी प्यालेसमा फागुन २६ गते शनिबार बिहान १० बजेबाट सुरु हुने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको संयोजक विकु थोकरले बताउनुभयो ।
थोकर फिल्म प्रा.लिको आयोजनामा हुन लागेको उक्त कार्यक्रममा शान्तिको अग्रदुत गौतम बुद्ध नेपालमा जन्माका हुन् भन्ने सन्देश बिश्व समु पुर्याउनलागिपर्नु भएकी शिर्मिला स्याङतान सहयोगार्थ कार्यक्रम अयोजना गर्न लागिएको हो ।
कार्यक्रममा तामाङ समुदायका राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको विशेष उपस्थिति रहने कार्यक्रम संयोजक विकु थोकले जानकारी दिनुभयो ।
योकरका अनुसार विश्व समुदाय माझ नेपालीको गौरभ गौतम बुद्दको प्रचारार्थ तामाङ समुदायकी दोस्री सगरमाथा आरोहीका रुपमा शर्मिला शिखर चुम्नकालागि पर्नु भएको छ उहाँ र आफ्नो समुदायको गौरभका लागि पनि आफुहरुले उहाँको सहयोगार्थ आर्थिक संकलन साथै भाईचारा एवं आत्मीयता बाँड्न कार्यक्रम गर्न लागेको बताउनुभयो ।
शर्मिलालाई सहयोगका लागि आयोजित कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको बताउँदै संचार सँयोजक सुदिन लामाले उहाँलाई विभिन्न देशमा रहेका नेपाली दाजुभईहरुले पनि सहयोग गर्दै आई रहनु भएको बताउनुभयो ।