भक्तपुरमा सागतानी ग्रुपद्वारा किचेनवेयर प्रदशर्नी

359

भक्तपुर । भक्तपुरमा विहिवार इन्र्डसटियल किचेनबेयर प्रर्दशर्नी गरिएको छ । औद्योगिक प्रयोजनकालागि अति उपयोगी किचेनबेयरको प्रदशनी सागतानी ग्रुपले भक्तपुरमा गरेको हो ।

सागतानी ग्रुपले नेपालमा खानामा हाईजिन ब्यवस्थापनको कार्य गर्दै मास प्रडक्सनका लागि चाहिने अत्यावश्यक किचेन बेयर बजारमा उपलब्ध गराउँदै आएको छ ।
भक्तपुरमा गरिएको प्रदर्शनिमा विषेस गरि स्कुल , होटल , रेस्टुरेन्ट र पार्टी प्यालेसहरुलाई उपयोगी हुने सामग्रीहरु प्रदर्शन गरेको सिंघानी इएक्सआईएम प्रालिका चियरमेन विनोद सागतानीले बताउनुभयो । उहाँका अनुसार हाल बजारमा बढि भन्दा बढि सामान विक्रि गर्नु भन्दा पनि सर्भिस बेच्ने हो जसका कारण फेरी फर्केर उक्त ग्राहक पुन आउने वातावरण बनोस हाम्रो लक्ष्य त्यसैमा भएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार आफुहरुले बजारमा ल्याएका समानहरुले कम पानी खपत गर्नुका साथै कम तेल कम ईन्धन खपत समेत गर्दछन् जुन पनि आम्दानी नै हो । उहाँले थप्नुभयो कमाउनु मात्र आम्दानी हैन जोगाउन सक्नु पनि आम्दानी नै हो यो कुरा बुझ्न नसक्दा नेपाली पछि परेको उहाँको भनाई थियो ।

आफुहरुले पर्यावरणलाई समेत ध्यानमा राखेर नै सामाग्रीहरु विक्रि गर्दै आएको बताउँदै उहाँले आफुहरुले बेच्ने लन्ड्री मेसिनले १५ केजी लुगा धुन मात्र ८० लिटर पानीको खपत गर्दछ , यसका साथै उक्त लुगा धुन प्रयोग गरिने केमिकल हामी हाम्रो खेतवारीमा पनि सजिलै सँग प्रयोग गर्न सक्छौ जसले कम पानीको खपतका साथ साथै पर्यावरणलाई पनि ख्यालमा राखिएको बताताउनुभयो ।

सागतानीका अनुसार आफुहरुले विक्री गर्ने उपकरणहरु कम जनशक्तिमा बढि उत्पादन गर्न सहज भुमिका निर्वाह गर्नुका साथै सत प्रतिशत हाईजिन पनि हुनेमा आफुले ठोकुवा गर्ने उहाँले बताउनुभयो ।
कम्पनिले हाल लन्ड्री , मास किचनबेयर ,केमिकल लगाएत होम किचेनबेयर लगाएतका सामग्री विक्री गर्दै आएको छ ।