भक्तपुर अस्पतालमा आँखा रोग सेवा सुचारु

277

भक्तपुर । भक्तपुर अस्पताल विहिवार देखि आफ्नो सेवा विस्तार गर्दै आँखा रोग सेवा सुचारु गरेको छ ।

आँखा रोग सेवाको उदघाटन गर्दै भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्ड डा सुधा देवकोटाले अव आँखा रोगको उपचार गर्न विरामीले कहि जानु नपर्ने बताउनुभयो ।

योयो युनिटिको सहयोगमा अस्पतालमा सुचारु सेवाले आम विरामी लाई सेवा पुग्नेमा आफु विश्वस्त भयको उनको भनाई थियो ।
अस्पतालको सामान्य टिकट बाट नै सेवा दिने बताउँदै योयो युनिटिका सचिव अरुण सैजुले आँखाका माईनर अपरेसन अव अस्पतालमा हुने साथै विरामीले सहुलियत दरमा अस्पतालबाट नै चस्मा पनि प्राप्त गर्न सक्ने जानकारी दिनुभयो ।

उहाँका अनुसार भक्तपुर अस्पताललाई सवैले माया गर्नु पर्ने बताउँदै सय वर्ष भन्दा पुरानो अस्पतालमा आँखाको सेवा नहुँदा सिन्दुपाल्चोक देखि लोकन्थली सम्मका विरामीले काठमाण्डौ धाउनु पर्ने बाध्यताको भने यसले अन्त्य गर्नेमा आफुहरु विश्वस्त भएको बताउनुभयो ।