धर्म परिर्वतन गराउँदै हिड्ने क्रिस्चियनलाई लखाटे कटुञ्जेबासीले

990

भक्तपुर । धर्म परिर्वतन गराउँदै हिड्ने क्रिस्चियनहरुलाई सुर्यविनायक नगरपालिका वडा नम्वर ५ कटुञ्जेका बासिन्दाले लखाटेका छन् । विभिन्न प्रलोभन एवं मिथ्या कुरा फैलाउँदै सर्वसाधारणलाई धर्म परिर्वतन गर्न हिडेका क्रिस्चियनहरुलाई कटुञ्जेबासी साथै हिन्दु जागरण नेपालका स्वयमसेवकहरुले लखाटेका हुन् ।
फागुन ३० गतेका दिन उनीहरुले क्रिस्चियन धर्म प्रचार गर्दै आएका जापनीज र कोरियन साथै आएका केहिलाई खेदाइएको हो ।
हिन्दु जागरण नेपालका कार्यकताले क्रिस्चियन धर्म प्रचारमा घर घर धायर तपाई हाम्रो धर्म भन्दा बाहेक अरुवाट नर्क पुग्नुहुन्छ आदि इत्यादी भन्दै सोझा साझा हिन्दुहरुलाई प्रलोभनमा पार्दै धर्मका नाममा डर देखाउँदै हिड्नेहरुलाई लखाटेको हिन्दु जागरण नेपालका स्वयमसेवक धुर्व लुईटेलले बताउनुभयो ।
जापनीज र कोरियनहरु स्पस्ट रुपमा नेपाली बोल्न जान्ने
पर्यटक भिजामा नेपाल आएकाहरु बाट यस्तो कार्य भएको बताउँदै लुईटेल भन्नुहुन्छ विदेशी नै प्रयोग गर्दै नेपालीहरुलाई विभिन्न प्रलोभनमा पार्दै एनजियो आइएनजियोको नाममा धर्म संस्कृति र रिति परम्परामाथी नै हमला भएको उहाँको आरोप रहेको छ ।
भिजा सकियपछि २ सय डलर तिर्दै भिजा थप्दै क्रिस्चियन मिसिनेरिको काम गर्दै आएकाहरुलाई नेपालवाट नै लखाटिदिनु पर्नेमा उहाँले जोड दिनुभयो ।
नेपालको संविधानले नै कसैलाई बल जफती या कुनै पनि प्रलोभन डर त्रास लगाएतका कुनै पनि हर्कत गरि धर्म परिर्वतन गर्न गराउन बन्देज लगाएको भएपनि खुलेयाम रुपमा घर घर पसी विभिन्न पर्चा पम्पेल्ट पुस्तक साथै प्रवचन दिदै हिडेकाहरुलाई हिन्दु जागरण नेपालका स्वयमसेवक साथीहरुले खेदाएको उहाँले जानकारी दिनुभयो ।