नेपाल तामाङ संघ दक्षिण कोरियाको ९ औँ राष्ट्रिय अधिवेशन मे ६ मा

689

दुध वहादुर लामा,

सोल – नेपाल तामाङ संघ दक्षिण कोरियाको ९ औँ राष्ट्रिय अधिवेशन दक्षिण कोरियाको नेपाल हाउस सिन्सलदोङ सोलमा मे ६ तारिकमा हुने भएको छ ।
तामाङ जातिको मौलिक पहिचान विश्व भर फैलाउनु तथा संरक्षण गर्नु पर्दछ भन्ने मर्मका साथ स्थापना भएको संघले यसै अनुरुप विभिन्न कार्य गर्दै आई रहेको छ । आफ्नो भाषा,साहित्य, भेषभुषा, लिपी, संस्कार र संस्कृतीको संरक्षण र सम्वर्द्धनमा संस्थाले देश तथा विदेशमा नै रहेर पनि आफ्नो जिम्मेवारी पुरा गर्दै आएको छ ।
तर कोरिया बसोबास गरिरहेका तामाङ समुदायका व्यक्तिहरुले जुन रुपमा संघले आफ्नो कार्यक्षेत्रलाई बृहत बनाएर काम गर्नुपर्थ्यो त्यो गर्न नसकेको आरोप गरिरहेको बेलामा संघले अब कस्तो नेतृत्त्व पाउने छ भनि यो अधिवेशन विशेष महत्त्वको साथ हेरिएको छ ।
अबको संघको नेतृत्व आगामी दिनमा संघलाई व्यवस्थित प्रणालीमा सुचारु गर्ने, भावनात्मक एकरुपता ल्याउने, विभिन्न दुर्घटनाबाट समस्यामा परेका व्यक्तिहरुको छिटोछरितो सेवा दिने, सूचना सम्प्रेषण गर्ने, कोरियामा आर्जन गरेको ज्ञान, सीप, अनुभव अनि पारिश्रमलाई नेपाल सरकारको कानूनी दायराभित्र रहेर स्वंय व्यक्ति, समाज र देशलाई कसरी लाभान्वित बनाउने, दिगो विकास गर्ने, आर्थिक आयआर्जनमा सहभागी हुने जस्ता विषयमाथि छलफलमार्फत नेपाल तामाङ संघ दक्षिण कोरियाले कार्यविधि बनाएर अघि बढ्ने संघका वर्तमान महासचिब मेघ प्रसाद वाइबाले बताउनु भएको छ ।
संघले विभिन्न पेशा र क्षेत्रमा आबद्ध सम्पूर्ण तामाङ दाजुभाई, दिदीबहिनी, व्यावसायी, बुद्धिजीवी, पत्रकार, विद्यार्थी, संघ(संस्थाका प्रतिनिधि लगायत शुभचिन्तकहरुलाई अधिवेशनमा सहभागी हुन आग्रह समेत गर्नुभएको छ ।