सुरक्षित एनेस्थेसिया हाम्रो दाहित्व भन्दै एनेस्थेसिओजिस्ट समाजको १९औं सम्मेलन काठमाण्डौंमा

641

काठमाण्डौं । सुरक्षित एनेस्थेसिया हाम्रो दाहित्व भन्दै एनेस्थेसिओजिस्ट समाजको १९औं सम्मेलन काठमाण्डौं संचालन भई रहेको छ । समाजले एनेस्थेसिया सुरक्षित कसरी गर्ने भन्ने विषयमा केन्द्रित भएर शुक्रवार देखि सुरु भएको सम्मेलन चार दिन( १६ मार्च देखि १९ मार्च) सम्म चल्ने छ ।


देश तथा विदेशका ३५० भन्दा बढि डाक्टर एवं नर्सहरु सहभागी रहेको उक्त सम्मेलनमा विभिन्न मुलुकमा हाल विद्यमान पारिपाटी एवं नयाँ खोज अनुभव एवं आगामी दिनमा कसरी बढि भन्दा बढि एनेस्थेसियालाई सुरक्षित गर्न सकिन्छ भनी कार्यपत्र प्रस्तुत गरिएको छ ।

सम्मेलनमा नेपाल, चीन, जापान,भारत, दक्षिण कोरिया,सिंगापुर ,मलेसिया,बेलायत र अमेरिका लगायतका देशका एनेस्थेसियाका विज्ञहरु सहभागी रहेका छन् । सहभागी जिज्ञहरुले आफ्ना मुलुकका अनुभवहरु सम्मेलनमा कार्यपत्र मार्फत शनिवार होटल सोल्टीमा प्रस्तुत गरेका हुन् ।

सहभागिहरुले एनेस्थेसिया प्रयोग र यसको असर भावी दिनमा यसको परिस्कृत रुपका लागि भएको प्रयास साथै विभिन्न समयमा हुने गरेका गल्ती कमी कमजोरी एवं यसको सुधार र विकासका सवालमा विभिन्न विषयमा सय भन्दा बढी सोध अनुसन्धान पत्रहरु प्रस्तुत गरिएको छ ।
शनिवार सुरु भएको सम्मेलन आईतवार र सोमवारमा भने काठमाण्डौंका विभिन्न अस्पतालमा गोष्ठीहरु संचालन गरि गरिने समाजले जनाएको छ ।

अस्पतालमा कार्यरत एनेस्थेसिओजिस्टहरुलाई पछिल्लो प्रविधिका विषयमा जानकारी गराउँदै आगामी दिनमा कसरी एनेस्थेसियाको बढि भन्दा बढि सुरक्षित तवरवाट प्रयोग गर्न सकिन्छ भन्ने विषयमा नयाँ जनशक्तिलाई सिकाउन प्रत्यक बर्ष समाजले कार्यशाला गर्दै आएको सानका निर्देशक प्राफेसर डक्टर विश्वास प्रधानले जानकारी दिनुभयो ।

उहाँले सम्मेलनमार्फत नेपालमा पनि विश्वमा भईरहको एनेस्थेसियाको विकास र प्रयोग विषयमा अपडेट हुन सघाउ पुग्ने विश्वास लिएको बताउनुभयो ।

सम्मेलनमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुहुने विदेशी बक्तहरुमा Prof. Dr santoshi mixobuchi Japfn , Prof. Dr Masantaka Yokoyama Japan , Prof. Dr kiyoshi Morite Japan, Prof. Dr Milito Kawamaya Japan , Prof. Dr Yoshihiro Fujiwara Japan , Dr Shambu Achrya UK , Dr Ramesh Koju Uk , DR Ankeet Udani USA, Dr Rakesh Garg India , Dr Jayaram k Dasan UK, Dr Nishkarsh Gupta India ,Dr Hemanshu Prabhakar India , Prof. Dr Bibhukalyani Das India , Prof. Dr Jae Hwan Kim Korea , Prof. Dr Naveen Malhotra India रहनु भएको थियो ।

सम्मेलनको उदघाटन गर्दै प्रमुख अतिथि सानका संस्थापक सचिव एवं नेपाल मेडिकल कलजे जोरपाटीका एनेस्थेसिया डिपार्टमेन्ट हेड प्रोफेर डाक्टर गौत्तम रत्न बज्राचार्यले संस्थाको स्मारिका विमोचन समेत गर्नु भएको थियो ।

कुनै पनि सल्यक्रिया गर्न अघि बिरामीलाई बेहास बनाउने , अगंलाई नदुख्ने गराउने , आइसियूमा भएका विरामीको हेरचाह गर्न , अप्रेसन गर्दा बेहोस भएका बिरामीलाई होसमा ल्याउन यसको प्रयोग गरिने गरेको छ ।