विज्ञानमा भूवनेश्वरी, कवितामा श्रीराम प्रथम

339

भक्तपुर।
विज्ञान शैक्षिक सामग्री र कविता लेखन तथा वाचन प्रतियोगितामा क्रमशः भूवनेश्वरी मावि र श्रीराम आधारभूत विद्यालय प्रथम भएका छन् ।
भक्तपुरको सूर्यविनायकस्थित जोरपाटी मावि स्रोतकेन्द्रले गरेको स्रोतकेन्द्रस्तरीय आधारभूत विद्यालयस्तरीय छुट्टाछुट्टै प्रतियोगितामा ती विद्यालयहरुले आआफ्नो प्रतिस्पर्धामा प्रथम भएका हुन् ।
प्रतियोगिताको शैक्षिक सामग्री प्रदर्शनीमा सिपाडोलको गणेश मावि द्धितीय र देउजागाउँ आधारभूत विद्यालय तृतीय भएका छन् । त्यस्तै कविता प्रतियोगितामा दोस्रोमा भूवनेश्वरी र तृतीयमा सरस्वती माविका विद्यार्थी भएका छन् ।
कविता प्रतियोगितामा ती विद्यालयहरुका क्रमशः कञ्चन रोक्का, सबनम ब्याञ्जू र जोशना तामाङ प्रथम, द्धितीय र तृतीय भएका छन् । विजयी विद्यार्थीलाई शनिबार नै पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
विजयी विद्यार्थीहरुलाई सूर्यविनायक नपा वडा नं. ९ नंखेलको काँक्राबारीस्थित सरस्वती माविका प्रअ पर्शुराम राईले पुरस्कार वितरण गरेका थिए । विज्ञान शैक्षिक सामग्री प्रदर्शनी प्रतियोगिताको नवीन्द्रलाल कर्माचार्य र रत्नप्रसाद फैजू, कविता प्रतियोगिताको हरिसुन्दर छुकां र सुरेश बखुञ्छेंले निर्णायकको भूमिका खेलेका थिए ।
जोरपाटी माविका प्रधानाध्यापक एवं कार्यक्रम संयोजक हरिप्रसाद ढकालले स्रोतकन्द्रस्तरीय सो प्रतियोगितामा स्रोतकेन्द्रमा रहेका १० विद्यालयको सहागिता रहेको जानकारी दिँदै विद्यार्थीहरुले विज्ञानमा पढेका विषयलाई व्यवहारमै प्रयोग गराउन सहयोग गर्न तथा कविताप्रति विद्यार्थीको आर्कषण बढाउन कार्यक्रम गरिएको बताए । कार्यक्रममा सहायक स्रोतव्यक्ति नवराज धिमालले पढाइका साथै अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुको आर्कषण बढाउन प्रतियोगिता गरिएको बताए ।