काठमाडौं ।
निवर्तमान स्वास्थ्य मन्त्री दिपक बोहोराले स्वास्थ्य सेवा विभागको निमित्ति महानिर्देशकबाट कारवाही गरी स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएका डा.राजेन्द्र पन्त फेरी निर्देशककै रुपमा राष्ट्रिय क्षयरोग केन्द्रमा जाने भएका छन् ।
२० चैतदेखि केन्द्रका वर्तमान निर्देशक डा.केदार नरसिंह केसी उमेर हदका कारण सेवा निवृत्त हुने भएपछि सो ठाउँमा विभागको निमित्त महानिर्देशक बनिसकेका डा.पन्त २१ चैतदेखि हाजिर हुन लागेका हुन । आर्थिक लाभ हुने ठाउँ भएकोले उनी एकपद घटेर भएपनि फेरी निर्देशक बन्न लागेको मन्त्रालय सेतले जनाएको छ ।
७० सालसम्म केन्द्रको निर्देशक रहिसकेका डा.पन्त त्यहाँबाट सरुवा भएपछि केन्द्रमा डा.विकास लामिछाने केन्द्रका निर्देशक भएर आएका थिए । आर्थिक अनियमितताका कारण डा.लामिछानेको सरुवा भएपछि केन्द्रमा सार्क क्षयरोग तथा एचआइभि एड्स केन्द्रका निर्देशक डा.शरच्चन्द्र वर्मालाई ल्याइएको थियो ।
उमेर हदका कारण डा.वर्मा सेवानिवृत्त भएपछि स्वास्थ्यमन्त्री गगन थापाले आफ्ना ससुरा नाता पर्ने डा.केदारनरसिंह केसीलाई केन्द्रको निर्देशकमा नियुक्त गरेका थिए ।
डा.पन्तको कार्यकालदेखि डा.लामिछाने र वर्तमान निर्देशक डा.केसीको कार्यकालमा भएका करोडौ रुपैयाँबराबरका आर्थिक अनियमितताको फाइल लुकाउन र प्रमाणहरु नष्ट गर्न विभागको निमित्त महानिर्देशक भइसकेका डा.पन्त फेरी निर्देशक बन्नका लागि केन्द्रमा जान लागेका हुन ।