मेरो मान्छे ! I’am amazed by you.

543

“राजु झल्लु प्रसाद”

उसको फोन आउँछ ! आज कहाँ जाने ?
ठमेल जाउ न !
के गर्न ?
केइ गर्न !
के केइ गर्न ?
केइ बुक्स लिनु छ !
अनि ?
अनि कतै बसेर कफि पिउला !
कहाँ बसेर ?
पल्पसा !
hmm, okay. म गको छैन !
हवस् ! , म फोन राख्छु !

… एकछिन पछि उ बदमाश नखरा सहित बोल्छे, “हजुरको अगाँलो न्यानो छ !”
तिम्रो मेन्टालिटी चिसो लाग्यो मलाई !
कफि खाने ? , उ सोध्छे !
बिल तिर्छौ ?, म सोध्छु !
सिग्रेटको त सक्दिन, उ भन्छे !
सिग्रेटसँग लिएर गुनासो/दुखेसो गर्ने मान्छे मलाई फिटिक्कै मनपर्दैन ! र, यत्तिखेर उ नजानिदो पारामा यै गरिराछे !
सिग्रेट नखाए नि हुन्छ, उसको भनाइको मतलब पक्कै यै हो !

हस् मैयाँ, म तिर्छु !, म भन्छु !
उ रिसाउछे ! उसलाई मैयाँ भनेको मनपर्दैन, मलाई थाहा छ !

***

पल्पसा क्याफे ! – ठमेल !

एउटा बुक डोनेट गर्नुस, एक कप कफि खानुस्, यै लेखिएको थियो बाहिर ! अपर डोल्पामा कतै स-सानो लाइब्रेरी खोल्ने वाला रहेछन, यिनिहरु ! यो मस्तै मज्जाको कुरा हो !

हामी भित्र छिरेउ !

मैले एउटा एस्प्रेसो मगाए !
उसले चुरोट मगाइ !
म ट्वाँ भए ! चुरोट नखाने मान्छे, अगि भर्खरै चुरोट किन्न सक्दिन भन्या थि !
चुरोट कस्को लागि ?, सोधे !
मेरो लागि !
ए, भने ! त्यो बाहेक अरु के भनु ?

अनि अरु के लिनुहुन्छ, वैटरले सोध्यो !
एकछिनपछि अर्को एउटा चुरोट लिन्छु, उस्ले भनी !
अनि हजुर सर ?
म पनि एकछिन पछि एउटा अर्को एउटा एस्प्रेसो लिन्छु !

अब ट्वाँ हुने पालो वैटरको !

Hey, वैट वैट डियर वैटर !
येस् सर !
तिमि चुरोट खान्छौ ?
खादिन सर !
म खान्छु !
हस् सर !

ऊ जान खोज्दै थियो, उसले बोलाइ !
dear waiter, hey ! wait wait.
yes ma’m !
तपाईं चिया खानुहुन्छ ?
कहिलेकाही खान्छु !
म अहिले खान्छु !
हस् म्याम !

वैटर अर्डर लिएर भित्र जान्छ !

हार्पर लिको “टु किल अ मोकिङबर्ड” निकाल्छे, सामुन्नेबाट ! अनि पढ्न थाल्छ !
Best seller ! मैले पनि पढ्या छैन, म भन्छु !
मैले त पढीसके !, उ भन्छे !
अनि फेरि किन पढ्या त ?
मन लाग्यो !
आज भांग खाएर आथेउ ?
हैन, भात खाएर आथे !

तिमीसँग बोल्नु बेकार छ !, म बोल्छु !
उ केइ पनि बोल्दिनं !

म यताउति आँखा घुमाउछु ! मांपाखा नाम नसुनेका इङ्लिश बुक्स
मात्रै देख्छु ! ममदीको “मेरि निलिमा”मा पुगेर नजर रोकिन्छ !
निकाल्छु, र पढ्न थाल्छु !

एस्प्रेसो आइपुग्छ ! , म समाउछु !
चुरोट आइपुग्छ !, उ समाउछे !

न उस्को मिल्क टि आउँछ, न मेरो चुरोट ! हामी केइ बेर कुर्छौ ! केइ बेरसम्म अझ केइ बेर कुर्छौ ! समयलाई समय दिनु राम्रो कुरा हो !

एस्प्रेसोको तितो घुट्को घुट्काएर उस्लाई सोध्छु, काँ मरे हाउ ?
चुरोट सल्काएर खोक्दै उ सोध्छे, मलाई केरि था हुन्छ त ?

वैटर..!, प्रतीक्षाम खिया लागिसकेपछी म बोलाउछु !
Yess sir.
हाम्रो अर्डर…. !
एकछिनपछि हुन्छ !
एकछिनपछि किन ?
किनकी तपाईंले एकछिनपछि अर्डर गर्नुभाथ्यो !

चुरोट त होलानी रिसेस्प्सनमा ? कति कुर्नु यार !, म भन्छु !
छैन सर लिन गको छ !,ऊ भन्छ !
को गको छ ?
बाहिर पसलमा !
कहाँ गको छ ?
सन्दिप !

कस्तो मुला रछ ? एउटा कोइसनको अर्को आन्सर दिने !

चिया बनाउन यत्रो टाइम लाग्छ त अनि, उ पनि रिसाउदै भन्छे !
ऊ सरि भनेर भित्र छिर्छ !

सरि ? सरि यानकी माफी !
उसँग वैटरले मात्रै हैन, मैले पनि माफी माग्नुपर्ने छ !

अनि माग्न त मुला, के हेरिरा ? म भित्रको म बोल्छ !
अनि माग्छु त मुला, के कराइरा ? म भित्रको कुन्नी को हो बोल्छ !
अँ लड्यो मुलाहरु,लड्यो एकअर्कोसँग ! म भित्रको खै कुन्नी को बोल्छ !
ल, ल माग्छु ! तिमारु चुप् लाग्यो !, म बोल्छु !

Dear Readers !
यो माथीको हरफ लेखिरहदा म निदा फाजलीलाई सम्झिरहेछु ! उनले लेखेको यो गित चन्दन दासले गाएका छन् !

कुन गित रे ?
रुक्नुस् म भन्छु !
– हर आदमी मे होते है दश- बीस आदमी
जिसको भि देखना हो कैई बार देखना !

एकछिनपछि युट्युब सर्च हान्नुहोला ! अहिले कथा पढ्नुस् !
सुरु गरेसी बिचमा आएर छोड्न सख्त मनाही छ !


सरि ! , उसको आखामा हेरेर भने !
its okay. उसले पिइरहेको चुरोट ऐस्ट्रेमा ठोस्दै अन्त हेर्दै भनी !

मैले कति गार्हो मानीमानि सरि भनेको थे ! उस्ले कति सजिलै, इट्स ओके भनी !
साच्चै ! माफी लेनदेन गरिरहन सके मात्रै पनि सम्बन्ध टिकिरहन्छ !

गाजल लगाएको सुहाएको छ !
हजुरको ओठमा लागोस, यी गाजल भनेर लगाएर आएकी !, उ मस्किदै भन्छे !

….उसको आँखा चुमे ! …

उ भन्छे, तपाईंले मेरो आँखा चुमिरहदा म तपाईंको ओठ देख्दिन ! म केइ पनि देख्दिन ! र, पनि सब्बै देख्छु ! यदि ती ओठले मेरो आँखा चुमिरहन्छन भने I am ready to be blind.

म केइ बोल्न खोज्दै थिए, वैटर बोल्छ !
सर, हजुरको सिग्रेट !
तिम्रो चाइ के हो यो ? कुटाइममा आएर कराउछ, कुट्न नपुगेको मु* !
मेरो पनि सिग्रेट नै हो सर !
अब देखि हाम्रो सिग्रेट भन !
हुन्छ सर !
अनि भन न त !
के ?
हाम्रो सिग्रेट !
सर, हाम्रो सिग्रेट !
गुड, ऊ ओइलिइसकेको मुस्कान चिप्लाछ ! बेमौसमी मुस्कान !

बेमौसमी मुस्कान भन्दा त मौसमी आसु कति हो कति राम्रो !

म्याम हाम्रो मिल्क टि !, मेरो गालिको असर परेछ ! तर कस्तो कुअसर परेछ भने, अर्थको बेअर्थ भै’गयो !
ओ वैटर ! वैट वैट ! हाम्रो मिल्क टि ? कसरी ? हँ..? कसरी…? मिल्क तिम्रो, टि उस्को हो ?, मलाई खुब रिस उठ्छ !
हैन सर !
अनि के हो त ?
मिल्क उहाँको, टि मेरो !

ह्या छोड्नुस न, उ मेरो उठिसकेको हात तल खिच्छे ! थ्यान्क्यु दाइ फर सर्भिङ अस् ! उहाँलाई अलि विसन्चो छ यसैले !

उसले अन्तिममा बोलेको डाइलग(….) सम्झेर, यो लेखीरहदा पनि मलाई रिस उठिराछ !

***

Pilgrims Books House – ठमेल !

फिक्सन, नन-फिक्सन, रिलिजन,साइन्स फिक्सन, ओशो, रुमि, टेगोर, थुप्रैका बुक्सहरु देख्छु ! तर म जस्को बुक्स लिन आको छु, उसलाई भेट्दिन !

दाइ, हारुकी मुराकामी कहाँ छन् ?
Tokyo मा छन् होला !
त्यो त मलाई नि थाहा छ ! उनको बुक्स कहाँ छन्, भनेको ?
(उ आफ्नो ओठमा चोर औंला लग्छे ! म पक्कै ठूलो स्वरले बोलिरहेको हुनुपर्छ !)
ए, तेसो भन्नुस न ! यता छन्, आउनुस् !
कता छन देखाउनुस, म उसको पछिपछि लुरुलुरु जान्छु !

1Q84
After Dark
after the quake
Blind Willow, Sleeping Woman
The Elephant Vanishes
….
…..

दाइ !
हजुर !
Dance Dance Dance, खोइ ?
त्यो सकिएको छ सर, २/४ दिनपछि आउँछ !

अनि Norwegian Wood, खोइ नि ?
त्यो पनि सकिएको छ भाइ !, २/४ दिनपछि आउँछ !
२/४ दिन कति दिनपछि आउँछ दाइ ?
२/४ दिन २/४ दिन पछि आउछ !, ऊ सोझो उत्तर दिन्छ !

तपाईंको मतलब ? हप्ता दिन पछि ?
अँ लाग्छ होला !
हप्तादिन चाहिँ कति दिन पछि आउँछ नि दाइ ?
हप्तादिन हप्तादिन पछि आउँछ भाइ !, ऊ बाङ्गो उत्तर दिन्छ !

उ George Orwell को Burmese Days, देखाउछे !
वाउ, म खोजिराथे यो भन्छु !

म अविनाश श्रेष्ठको तान्या इन्द्रकमल र अन्धकार पनि राख्छु !
उ डि एच् लरेन्सका केइ बुक्स समेट्छे !

काउन्टरमा आउछौ ! बिल तिर्छौ बाहिर निस्कन्छौ !

***

छुट्टिने बेला उ मेरो हातमा सानो झोला थमाउछे !
हँ ? के हो यो ?
मेरि निलिमा लाइदेको ! मलाई थाहा छ तपाईंले यो बुक्स पढ्नुभा’छैन !

म मुसुमुसु हास्दै झोला समाउछु ! अनि खुसुखुसु नमज्जा मान्दै उसलाई सोध्छु !
तिम्ले पनि To kill a Mockingbird पढया छैनौ है ?
उ अँ भन्छे !

अनि किन नभन्या त ? म लिइदिन्थे नि !
तेहा थिएन, मैले खोजेको हु ! भको भए त मैं लिन्थे नि !
अन्त कतै जाउ हिड, पाइहालिन्छ नि !
….बाइ ल, उ छुटिन्छे !

म गाडी चढ्छु ! उस्को मेसेज आउँछ !
Hey झ्याप्स ! हार्पर लि पनि पढ्नुस् है !

झोला खोतल्छु ! भित्र मेरि निलिमा र टु किल अ मोकिङबर्ड दुवै हुन्छन् !!

© म