भक्तपुर । कहि नभएको जात्रा मध्यपुर थिमीमा आज भएको छ । मध्यपुर थिमी नगरपालिकाको बार्षिकोत्सव मनाउने क्रममा उक्त जात्रा भएको हो ।
आपसी टकरावका कारण मध्यपुर थिमि नगरपालिकाको स्थापना दिवस नगरप्रमुख र उपप्रमुखले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी मनाएका हुन् । नगरप्रमुख मदनसुन्दर श्रेष्ठ नेतृत्वले मध्यपुर थिमि–४, बालकुमारीबाट ¥यालीसहित चपाचोमा सम्मान कार्यक्रम गर्दै २१ औं स्थापना दिवस मनाए भने उपप्रमुख अञ्जनादेवी मधिकर्मी नेतृत्वको टोलीले नेपाल कोरिया मैत्री अस्पतालमा फलफुल वितरण गरी २२ औं स्थापना दिवस मनाएका हुन् ।
थिमी नगरपालिकामा मेयर र उपमेयर विचको विवादले चरम रुप लिदाँ वडा अध्यक्षहरु तथा कर्मचारीहरुमा पनि दुई फ्याक आएको नगरपालिकाका जनप्रतिनिधिहरु स्वयम बताउँछन् ।
नगरपालिकाको बार्षिकोत्सव एक अर्कालाई गालि गर्दै दुवै पक्षले मनाएका छन् ।
नगरप्रमुख नेतृत्वको कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरु मध्ये वडा नंं. ५ र ७ का वडाअध्यक्षको सहभागिता रहेको थियो भने उपप्रमुख नेतृत्वको कार्यक्रममा नगरका १, २, ३, ४, ६ र ९ वडाका वडाअध्यक्ष सहित कार्यपालिका सदस्यहरु र बहुमत वडासदस्यहरुको सहभागिता रहेको थियो ।
मध्यपुर थिमि नपामा नगरप्रमुख श्रेष्ठ नेकपा एमालेबाट निर्वाचित भएका हुन भने उपप्रमुख मधिकर्मीसहित बहुमत वडाअध्यक्ष, सदस्य र कार्यपालिका सदस्यहरु नेपाली कांगे्रसबाट निर्वाचत भएका हुन ।
नपाको बार्षिकात्सव २१ औं हो की २२ औं
तत्कालिन दिव्यश्वरी, बालकुमारी, चपाचो, नगदेश र बोडेसहित पाँच गाविस समायोजनगरी २०५३ चैत्र १४ गते मध्यपुर थिमि नगरपालिका घोषणा गरिएको हो । मध्यपुर थिमि नगरपालिकाले आफ्नो स्थापना दिवस मनाउनेक्रममा २०७१ सालमा १९ औं स्थापना दिवससँगै साक्षर नगर घोषणा गरिएको थियो । त्यसैगरी नपाले २०७२ सालमा २० औं, २०७३ सालमा २१ औं स्थापना दिवस मनाएको थियो ।
तर बुधवार नपाको स्थापना दिवस मनाउने क्रममा उपप्रमुख मधिकर्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा वितरण गरेको प्रेस विज्ञप्तीमा २२ औं उल्लेख गरिएको थियो भने चपाचोमा आयोजित कार्यक्रममा २१ औं उल्लेख गरिएको छ ।
परम्परागत वाद्यवाधन र नाचका गुरु सम्मानित
चपाचोमा आयोजित कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाले नगरका विभिन्न परम्परागत वाद्यवाधन, ऐतिहासिक नाचका गुरुहरु सहित संस्कृतिकर्मीलाई सम्मान गरेको छ । सम्मानितहुनेहरुमा मध्यपुर थिमिका सांस्कृतिक धरोहर एवम् वाद्यवाधन तथा नाच गुरु श्रीगोपाल प्रजापति, भक्तबहादुर घजू, काजी नरसीं कौडी, बुद्धिकुमार राजबहाक, अर्जुन श्रेष्ठ, निरञ्जन श्रेष्ठ, जगतकृष्ण चरीशंकर श्रेष्ठ, बुद्धिकुमार सिपाही, नारायणभक्त धौबञ्जार रहेका छन । त्यसैगरी बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा जिब्रो छेडाएका बुद्धिकृष्ण बाग श्रेष्ठ, संस्कृतिकर्मी गणेशराम लाछी, सहकारीविज्ञ कैलाशभक्त प्रधानांग, पूर्व विशिष्टश्रेणीका कर्मचारी भानु आचायलाई समेत उनीहरुको योगदानको कदर स्वरुप सम्मान गरिएको थियो ।
मध्यपुर थिमी नगरपालिकाकी उपमेयर अन्जना मधिकर्मीले बार्षिकोत्सवका अबसरमा पत्रकार सम्मेलन गर्दै पद बहाली गरे देखि नै जनप्रतिनिधिको भावना विपरित मेयरले स्थानिय स्वायक्त सासन ऐन विपरित कार्य गरेको आरोप लगाएकी थिईन् । भने मेयर मदन सुन्दरले भने आफुहरु भन्दा नेपाली काँग्रेसका जनप्रतिनिधि बढि भएका कारण उनीहरुले आफुमाथी हुकुमी सासन लगाउन खोजेको आरोप लगाएका छन् ।
मध्यपुरमा भएको मेयर उपमेयरको विवादका कारण प्रमुख अतिथिका रुपमा प्रचार गरिएका मन्त्री लालवावु पण्डीत अन्तीम समयमा नआउने भएपछि भक्तपुर क्षेत्र नम्वर २ ख का प्रदेश सभा सदस्य राजेन्द्र मान श्रेष्ठलाई बनाईएको थियो ।